राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास विभागका लागि तोकिएको १० प्रतिशत आरक्षित कोटाअन्तर्गत कुवेतबाट वरिष्ठ सल्लाहकार राजु कार्कीलाई समानुपातिक सांसदका लागि सिफारिस गरिएको छ। कुवेतस्थित प्रवास नेपाली सम्पर्क विभागले एक मात्र आधिकारिक प्रतिनिधिका रूपमा कार्कीको नाम केन्द्रमा पठाएको हो।
विभागका अनुसार पार्टी, समाज र राष्ट्रप्रति कार्कीले पेसागत तथा सामाजिक क्षेत्रमा पुर्याउँदै आएका योगदानको उच्च कदर गर्दै उनलाई सिफारिस गर्ने निर्णय भएको हो।
सिफारिससँगै विभागले कार्कीले आगामी दिनहरूमा पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठ्दै पार्टीको मर्यादा, प्रवासी नेपालीको हक–हित, श्रमिक वर्गका मुद्दा, समाज तथा राष्ट्रिय हितका पक्षमा निरन्तर काम गर्ने विश्वास व्यक्त गरेको छ।
![]()