Friday 9th October 2026

नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टोबर ३१ मा हुने


नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन कार्यक्रम बिहान ११ बजेबाट सुरु हुनेछ।

अधिवेशनको आयोजना स्थल कुवेतको फायर स्टेशन रोड, हेजेन कब्द, घर नम्बर १२००, ब्लक नम्बर ४ मा तय गरिएको छ।

स्थापना कालदेखि नै समाजले कुवेतमा रहेका नेपालीहरूबीच सामाजिक सेवा, आपत्कालीन आर्थिक सहयोग, तथा राष्ट्रिय कलाकारहरूको सहभागितामा विविध सांस्कृतिक कार्यक्रमहरू गर्दै आएको छ।

समाजले कुवेतमा रहेका सबै नेपाली संघ–संस्था, सामाजिक अभियन्ता, कलाकार तथा सरोकारवाला नेपालीहरूलाई अधिवेशनमा उपस्थित भई कार्यक्रमलाई सफल पार्न हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रममार्फत समाजले विगतका गतिविधिहरूको समीक्षा गर्दै आगामी कार्ययोजना तथा नेतृत्व चयन पनि गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौंको बूढानीलकण्ठस्थित एक घरबाट प्रहरीले २१ किलो ७५० ग्रामभन्दा बढी अवैध सुन बरामद गरेको छ। यस घटनामा तीन चिनियाँ नागरिक…

शनिबार हुने प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीमा हजारौँ सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको छ। प्रदर्शनकारीहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा…

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणको तीन वर्षपछि इरानको क्षेत्रीय प्रभाव र सुरक्षा रणनीतिमा गम्भीर चुनौती देखिएको…

प्रतिकृयाहरू
...