Friday 15th May 2026

‘मोडल हन्ट नेपाल २०१८’को उपाधि आशिष केसी र अदिती अधिकारीलार्इ


तितोपाटी – महिला र पुरुषबीचको प्रतिस्पर्धात्मक सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१८’को उपाधि आशिष केसी र अदिती अधिकारीले जितेका छन्। राजधानीमा गत शुक्रबार आयोजित कार्यक्रममा ३१ प्रतियोगीलाई पछि पार्दै आशिष पुरुषतर्फ र २४ प्रतियोगीलाई पछि पार्दै अदिती महिलातर्फ विजयी भएका हुन्।

विजेता दुवैले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार पाउँदा आशिषले ‘मिस्टर ओसियन’ तथा अदितीले ‘सुपर मोडल’ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिताको अवसर पाएका छन्। प्रतियोगीतामा आशिष र अदितीले ‘कमर्सियल मोडल’को अवार्ड पनि जिते।

नेक्स्ट मोडल नेपालको आयोजनामा भएको चौथो संस्करणको प्रतियोगितामा सुरज राजोपाध्याय र रुबिस्का श्रेष्ठ ‘फस्ट रनर अप’, मुनिर अहमद र हेली गुरुङ ‘सेकेन्ड रनर अप’ तथा आदर्श ज्ञवाली र सन्नी महर्जन ‘थर्ड रनर अप’ भए । उपाधिसँगै सुरज र रुबिस्काले ३० हजार, मुनिर र हेलिले २० तथा आदर्श र सन्नीले १५ हजार पुरस्कार पाए।

प्रतियोगितामा विशाल गिरी र किरण चन्द ‘पर्सनालिटी’, आदर्श ज्ञवाली र हेली गुरुङ ‘फिजिक’ र ‘फिगर’, सफलजंग शाह र रुबिस्का श्रेष्ठ ‘फोटोजेनिक’, पोषण शर्मा र भावना बन्जारा ‘वेस्ट वाक’ बने । त्यस्तै, सम्राट चौरेल र रितु अधिकारी पपुलर, विशाल गिरी र रहिमा लामिछाने ‘पब्लिक च्वाइस’, सुजन थापा र रितिका शर्मा ‘स्टाइलिस’ तथा सफलजंग शाह र सन्नी महर्जन ‘सोसियली रेस्पोन्सिबल’ बने।

प्रतियोगिताको निर्णायकमा फेसन तथा कमर्सियल फोटोग्राफर राजभाई सुवाल, आइसी ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक शैलजा अधिकारी, फेसन डिजाइनर विश्व गौतम, कोरियोग्राफर एवं मिडिया पर्सनालिटी माल्भिका सुब्बा तथा अभिनेत्री एवं मोडल परमिता आरएल राणा थिए।

फेसन सो शैलीमा सञ्चालन गरिएको प्रतियोगितामा आइसी स्कुल अफ आर्ट एन्ड फेसनका विद्यार्थी डिजाइनरहरूको विविधतायुक्त डिजाइनमा मोडलले पहिरन प्रदर्शन गरेका थिए।


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...