Wednesday 9th September 2026

जेनजी नारा- असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ


तितोपाटी -नयाँ पुस्ताका युवा (जेनजी) हरूले बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पर्दशन गरिरहेका छन ।  भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरूले माइतीघर मण्डला लगायत देशभरका बिभिन्न ठाँउमा पर्दशन गरिरहेका छन  । आफ्ना मन खुशी  स्वत:स्फुर्त रूपमा काठमान्दौ माइतीघर मण्डलामा भेला भएका उनीहरुले  ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेर  उनीहरूले पर्दशन गरिरहेका छन् ।

साथै राष्ट्रिय झण्डा सहित पर्दशन गरिएका  उनीहरूले यस क्रममा रुख विरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् । प्रदर्शनमा उनीहरूले राजनीतिक दल र पाटी  निकटका भ्रातृसंस्थाहरूलाई प्रदर्शनमा आउन रोक समेत लगाएका छन् ।

टिकटक र रेडिटमा भाइरल ‘नेपो किड्स’ गतिविधिले राजनीतिज्ञका छोराछोरीको विलासी जीवनशैलीमाथि प्रश्न उठाएको छ। भ्रष्टाचारबाट कमाएको सम्पत्तिले जनता र नेताका परिवारबिच आर्थिक असमानता बढाएको भन्दै सामाजिक सञ्जालमा प्रदर्शन गरेका उनीहरूले सडकमा आन्दोलन गरिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

नयाँ सर्वेक्षणले इजरायलमा पश्चिम किनाराबाट हमासको ७ अक्टोबर २०२३ को आक्रमणजस्तै ठूलो हमला हुन सक्ने विषयमा व्यापक सुरक्षा चिन्ता रहेको…

यमनमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारप्रति वफादार सेनाले हुथी विद्रोहीविरुद्ध ठूलो प्रत्याक्रमण सुरु गर्दै राजधानी सानाआ पुनः कब्जा गर्ने लक्ष्य…

एक वर्षअघि सडकमा उत्रिएका १९ जना नवयुवाले ज्यान गुमाएको घटनाको वार्षिकीमा नयाँ सरकारको एक वर्षे कार्यकालबारे विभिन्न कोणबाट मूल्याङ्कन हुन…

प्रतिकृयाहरू
...