Friday 26th June 2026

तनहुँ सेवा समाज कुवेतले अंग्रेजी नयाँ वर्षमा ” नयाँ वर्ष सांगीतिक धमाका-२०२६” आयोजना गर्ने


तीतोपाटी – कुवेत स्थित तनहुँ सेवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आगामी २ जनवरी २०२६ शुक्रबारका दिन ” नयाँ वर्ष सांगीतिक धमाका-२०२६” आयोजना गर्ने भएको छ । समाजले नेपालबाट अतिथि कलाकारहरू कुवेत ल्याइ अतिथि राष्ट्रिय कलाकारको साथमा कुवेतमा रहेका स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति दिने गरि सो सांगीतिक धमाका गर्न लागेको संस्थाले जनाएको छ ।

संस्थाकाे माैजुदा कार्य समितिको १३औं मासिक बैठकले सो निर्णय गरिएकाे जनाउँदै संस्थाका अध्यक्ष सोम खत्रीले कार्यक्रमको लागि नेपालमा रहेका कलाकारहरूसँग कुराकानी चलाइरहेको र छिट्टै नै कलाकारको निर्क्योल गरि हल व्यवस्थापन र अन्य तयारीमा लागिने मिडियासँगको कुराकानीमा बताए ।

संस्थाले सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको सूचना सबै मिडियाहरूलाइ पठाइसकेको जनाउँदै कार्यक्रमलाइ सभ्य र भव्य रूपमा सम्पन्न गर्न कुवेतवासी सबै संघ-संस्था, मिडियाहाउसहरू, पत्रकारहरू, वुद्दिजीवी, समाजसेवी, भद्रभलाद्मी, गन्यमान्य सबैको साथ सहयोग र सहकार्यको अपेक्षा गर्दै उक्त दिन कसैले पनि कार्यक्रम नजुधाइदिन पनि यसै समाचार मार्फत आग्रह गरेको छ ।

स्मरण रहोस, १५ वर्षदेखि कुवेतमा रहेका अन्य संघ संस्थाहरूसँग हातेमालो र सहकार्य गर्दै आएको उक्त समाज “हाम्रो एकता निश्वार्थ सेवामा – हाम्रो तनुहँ, राम्रो तनहुँ” भन्ने नाराका साथ अघि बढिरहेको र विभिन्न किसिमले पीडित बनिरहेका पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म घर भइ कुवेतमा कार्यरत श्रमिकहरूलाइ सहयोग गर्दै आइरहेको छ भने कुवेतमा हुने हरेर संघ संस्थाका गतिविधिमा ऐक्यबद्धता जनाउँदै सहयोग गर्दै आएको छ ।

कार्यक्रम विवरणः
कार्यक्रमः “नयाँ वर्ष सांगीतिक धमाका-२०२६”।
मितिः २ जनवरी २०२६ ।
स्थानः तय भइ नसकेको ।
अतिथि कलाकारः तय भइ नसकेको ।

कार्यक्रमको बारेमा जानकारी तथा सहकार्यको लागि सम्पर्कः
सोम खत्री (अध्यक्ष) – 90079257
मिन बहादुर थापा मगर (महासचिव) – 56613856
डिल बहादुर आले (सांस्कृतिक विभाग प्रमुख) – 60409584
निरज क्षेत्री (खेलकुद विभाग प्रमुख) – 92221235


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

लेबनानले १२८ जना सिरियाली दोषी ठहरिएका कैदीहरूलाई उनीहरूको स्वदेश सिरियामा हस्तान्तरण गरेको एक लेबनानी सुरक्षा स्रोतले बुधबार एएफपीलाई जनाएको छ।…

अमेरिकी राष्ट्रपति Donald Trump को महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको ‘गोल्डेन डोम’ मिसाइल प्रतिरक्षा प्रणालीले आफ्नो पहिलो लाइभ इन्टरसेप्ट परीक्षण सफलतापूर्वक…

प्रतिकृयाहरू
...