Sunday 22nd March 2026

किन एक–आपसबाट भागिरहेका छन् हजारौँ तारा ?


सामान्यतया जब हजारौँ ताराहरू ग्यास क्लाउडबाट एकसाथ जन्मिन्छन्, तिनीहरू लाखौं वर्षसम्म समूहमा बाँधिएर बसेका हुन्छन्। तर, अहिले वैज्ञानिकहरूले दुई करोड वर्ष पुरानो तारा समूह पत्ता लगाएका छन् तर यसका ताराहरू आ–आफ्नो बाटोमा लागिरहेका छन्।

यो अभूतपूर्व घटनाले खगोलविद्हरु चकित भएका छन् । युरोपेली अन्तरिक्ष एजेन्सीको ग्याया मिसनबाट प्राप्त डाटाको आधारमा संयुक्त राज्य अमेरिकाको वेस्टर्न वाशिंगटन विश्वविद्यालयका खगोलशास्त्री डिलन हसन र उनको टोलीले यो अद्वितीय क्लस्टर पत्ता लगाएका हुन् ।

ओफिचस नक्षत्रको नामबाट यसलाई ‘ओफियन’ नाम दिइएको हो, यो क्लस्टर पृथ्वीबाट करिब ६५० प्रकाश वर्षको दूरीमा अवस्थित छ।

ओफियनमा लगभग १ हजार युवा ताराहरू रहेका छन्, तर ग्याया डाटाले यो देखायो कि यी सबै ताराहरू यति छिटो गतिमा चलिरहेका छन् कि चाँडै यो सम्पूर्ण समूह टुट्ने अवस्थामा छ। जबकि सामान्यतया यस्ता तारा समूहहरू विघटन हुन करोडौं वर्ष लाग्छ। उदाहरणको लागी प्लेयाडीज क्लस्टर १०० मिलियन वर्ष पुरानो हो भने बीहाइव क्लस्टर लगभग ६०० मिलियन वर्ष पुरानो छ र दुबै अझै पनि अपेक्षाकृत एकताबद्ध नै रहेका छन्।

गाया मिसनबाट प्राप्त डाटाले ओफियनका ताराहरूको गति २० किलोमिटर प्रति सेकेन्डमा फैलिरहेको देखिएको छ। यसको मतलब क्लस्टरमा सबैभन्दा छिटो र सुस्त ताराहरूको गतिमा २० किमी प्रति सेकेण्डको भिन्नता छ, जुन धेरै असामान्य र अस्थिर अवस्था हो। यस्तो तीव्र गतिको कारण ओफिअनका ताराहरू अब गुरुत्वाकर्षण बलद्वारा एकसाथ समातिने छैनन् र धेरै नै चाँडै अलग हुनेछन्।

अलग हुनुका कारण

वैज्ञानिकहरूले यसको स्पष्ट जवाफ फेला पारेका छैनन्। तर गाया डाटाको नजिकबाट जाँच गर्दा उनीहरूले केही ‘सुपर बबल’ हरू फेला पारेका छन । अर्थात्, विशाल ग्याँस मुक्त क्षेत्रहरू जुन नजिकैको सुपरनोभा विस्फोटहरूद्वारा सिर्जना गरिएको हुन सक्छ। यो विश्वास गरिन्छ कि जब ताराहरू ओफियनमा जन्मिरहेका थिए, यी विस्फोटहरूले बाँकी ग्याँस उडाएको हुन सक्छ। यो ग्याँस निस्कने कारणले क्लस्टरको कुल द्रव्यमान घट्यो र यसको गुरुत्वाकर्षण बल कमजोर हुन पुग्यो । जसका कारण ताराहरू आ आफ्नो बाटोमा हिँड्न थाले। यसको अतिरिक्त अन्य नजिकैका तारा समूहहरूको गुरुत्वाकर्षण तानेकाले पनि ओफियनका ताराहरूलाई अलग्गिन थप वेग दिएको हुन सक्छ।

खासमा, ओफियनको खोज परम्परागत विधिबाट सम्भव थिएन। डिलन हसन र मरीना कोन्केलको टोलीले नयाँ एआई आधारित मोडेल गिया नेट प्रयोग गरेको थियो । यसले एकैसाथ लाखौं ताराहरूको स्पेक्ट्रा विश्लेषण गर्न सक्छ। यस समयमा ओफियन उनीहरूको डाटामा देखा पर्‍यो।

अहिलेसम्म हाम्रो नजरबाट लुकेर बसेका यस्ता युवा तारा समूहहरु अरु पनि हुन सक्ने वैज्ञानिकहरुको विश्वास छ । पहिलेका विधिहरूले केवल क्लस्टरहरू फेला पारेका थिए, जसका ताराहरू एउटै दिशामा सरेका थिए। ओफियन जस्ता क्लस्टरहरू जसका ताराहरू अनियमित रूपमा अलग हुनका लागि विस्तार भइरहेको देखियो ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...