Thursday 14th May 2026

तीन किरात समुदायद्वारा संयुक्त रुपमा महान पर्व मनाउने तयारी, अन्य संघ–संस्थालाई मिति नजुधाउन आग्रह


कुबेत, मार्च २२ — किरात याक्थुङ चुम्लुङ कुबेत, किरात राइ यायोखा कुबेत र सुनुवार सेवा समाज कुबेतले किरात समुदायका महान सांस्कृतिक पर्वहरू — यक्वा तङ्नाम, साकेला उभौली, र सलिवा स्यादर पिदार — संयुक्त रुपमा २०२५ मे १६ तारिकका दिन भव्य रुपमा मनाउने तयारी गरेका छन्।

उक्त अवसरमा नेपालबाट विशेष अतिथि कलाकार सहित सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने जानकारी आयोजक संस्थाहरूले दिएका छन्। कार्यक्रमलाई सफल र सबै समुदायको सहभागितायोग्य बनाउन अरू सम्पूर्ण संघ–संस्थाहरुलाई सोही दिन कुनै अन्य कार्यक्रम नजुधाउने हार्दिक अनुरोध समेत गरिएको छ।

संस्थाहरूका अनुसार कार्यक्रमको स्थान र सहभागी कलाकारहरूको विस्तृत विवरण केही दिनमै सार्वजनिक गरिने छ।

संयुक्त आयोजकहरूले किरात समुदायको पहिचान, संस्कृति र एकता झल्किने यो पर्वलाई कुबेतमा विशेष महत्वका साथ मनाउने उद्देश्य राखेका छन्।

अधिक जानकारीका लागि आयोजकसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।


सम्बन्धित शीर्षकहरु

आधुनिक भौतिक विज्ञान, दर्शन र चेतनासम्बन्धी बहसको अत्यन्त रोचक क्षेत्रसँग जोडिएको छ। विशेष गरी अतिरिक्त आयाम (higher dimensions) को अवधारणा…

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी ले इरान युद्धका कारण विश्व ऊर्जा बजारमा बढ्दो अस्थिरता देखाउँदै भारतीय नागरिकलाई पेट्रोल, डिजेल र खाद्य…

कुवेतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट आधिकारिक अनुमति नपाएका एयरलाइन्सहरूसँग टिकट बुकिङ वा आरक्षण नगर्न यात्रुहरूलाई चेतावनी…

प्रतिकृयाहरू
...