Saturday 15th August 2026

ट्रम्प के चाहान्छन ? ईजरायललाई गाँजा सुम्पने हो की गाजालाई मिनी अमेरिका बनाउने हो ?


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले प्यालेस्टाईनीहरुलाई जोर्डन र ईजिप्टमा स्थानान्तरण गराएर गाजाँ लाई के गर्न चाहान्छन भन्ने कुरा रहस्य मै छ । उनले कहिले ईजरायल धेरै सानो छ भन्छन त कहिले गाजाँ मा पुन निर्माण गरेर सुन्दर, शान्त र सुरक्षित बस्ति बसाउने कुरा गर्दछन ।
इजरायल अमेरिकाको सवै भन्दा नजिकको मित्र हो । त्यसैले उसले ईजरायल को भूभाग बढाएर उसलाई ईतिहासमा नै सवै भन्दा ठुलो गुण लगाउदैछन या त यो मौकामा प्यालेस्टाईनहरुलाई गाँजा र ईजिप्टमा बसाई सराई गराएर मिनी अमेरिका बनाउन चाहान्छन खुलेको छैन । ईजिप्ट र जोर्डन अमेरिकी अनुदानमा बाँचेका राष्ट्र भएकाले पनि ट्रम्पको योजना अनुसार काम हुन्न भन्न सकिन्न । त्यसो त सम्पूर्ण अरब राष्ट्रहरु ट्रम्पको प्रस्तावको खिलाप मा छन तर उनीहरुको अडान विस्तारै धरमराउने देखिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार प्रसारित एक अन्तर्वार्तामा पुष्टि गरे कि गाजा पट्टीको अमेरिकी अधिग्रहण र यसका २२ लाख बासिन्दाहरूको पुनर्वासको प्रस्ताव अन्तर्गत, विस्थापित गाजावासीहरूलाई यसको पुनर्निर्माण पछि एन्क्लेभमा फर्कने अधिकार नरहने बताएका छन ।

हामी सुन्दर समुदायहरू निर्माण गर्नेछौं, सुरक्षित समुदायहरू (पाँच, छ, दुई हुन सक्छन् ) हामी सुरक्षित समुदायहरू निर्माण गर्नेछौं, तिनीहरू जहाँ छन् त्यहाँबाट अलि टाढा, जहाँ यो सबै खतरा छ, ट्रम्पले भने र यसै बीचमा, म यसको स्वामित्व लिनेछु, उनले फक्स न्यूजका ब्रेट बेयरलाई एक अन्तर्वार्ताको क्लिपमा भने जसको पहिलो भाग सुपर बाउल अघि प्रसारित भएको थियो, र जसको दोस्रो भाग सोमबार साँझ पूर्ण रूपमा प्रसारित हुनेछ।

यसलाई भविष्यको लागि घर जग्गा विकासको रूपमा सोच्नुहोस्। यो जमिनको सुन्दर टुक्रा हुनेछ । के प्यालेस्टिनीहरूलाई आफ्नो थाकथलोमा फर्कने अधिकार हुनेछ ? बेयरले सोधे। ट्रम्प ले भने होईन उनीहरु पुन फिर्ता हुन सक्ने छैनन । किनभने तिनीहरूसँग धेरै राम्रो आवास हुनेछ। म उनीहरूका लागि स्थायी ठाउँ निर्माण गर्ने बारेमा कुरा गर्दैछु, अमेरिकी राष्ट्रपतिले भने।


सम्बन्धित शीर्षकहरु

नेपाल आदिवासी जनजाति महासंघ, कुवेतको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस तथा १२औँ वार्षिक उत्सव–२०२६ शुक्रबार, १४ अगस्ट २०२६ का दिन…

लेबनानका प्रधानमन्त्री नवाफ सलामले लेबनानी भूभागबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने स्पष्ट समयतालिका तय गर्नुपर्ने बताएका छन्। उनले इजरायलले…

इरान युद्धपछि चिनियाँ विद्युतीय गाडीको उछाल : नेपालमा ईभी बजारको भविष्य कता ? इरान युद्ध र होर्मुज जलडमरूमध्यमा आएको अवरोधपछि…

प्रतिकृयाहरू
...