Sunday 17th August 2025

संखुवासभा समाजद्वारा तीन विद्यालयलाई शैक्षिक सहयोग


संखुवासभा समाज कुवेतले जिल्लाका तीन विद्यालयहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ। समाजका अध्यक्ष विजय लामाको नेतृत्वमा गरिएको यो सहयोग कार्यक्रम अन्तर्गत करिब १ लाख २७ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको छ।

पाँचखपन नगरपालिका-९ स्थित श्री कालिका माध्यमिक विद्यालयलाई माघ १७ गते ३० हजार रुपैयाँ बराबरको नृत्य पोशाक प्रदान गरिएको छ। त्यस्तै, माघ २५ गते श्री शारदा माध्यमिक विद्यालय त्रिशुलीका फुटबल खेलाडीहरूका लागि १६ हजार रुपैयाँ बराबरको खेल जर्सी वितरण गरिएको छ।

श्री पञ्चकन्या आधारभूत विद्यालय खाम्लिङलाई माघ २८ गते ४८ थान विद्यार्थी कुर्सी, २ थान टेबल र प्रधानाध्यापकका लागि एक थान कुर्सी गरी ८१ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरिएको समाजका अध्यक्ष लामाले बताए।

“यो सहयोगले विद्यालयहरूको शैक्षिक र अतिरिक्त क्रियाकलापमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं,” अध्यक्ष लामाले भने। उनका अनुसार समाजले आगामी दिनहरूमा पनि यस्ता सहयोग कार्यक्रमहरू जारी राख्ने योजना बनाएको छ।


सम्बन्धित शीर्षकहरु

कुवैत सिटी, दुई दर्जन भन्दा धेरैको ज्यान जाने गरी वितरित विषाक्त रक्सिको सेवनबाट हाल सम्म १० जना नेपाली मरेको पुष्टि…

-घनश्याम खतिवडा पृष्ठभूमि: संयुक्त राज्य अमेरिकी सरकारले माध्यमिक विद्यालय तहका बालबालिकाहरूलाई आफ्नो रुचिअनुसार मूल पाठयक्रम बाहेकका विषयहरूमा आफ्नो क्षमतालाई बढाउन…

अमेरिकी र रुसी राष्ट्रपतिको बहुचर्चित अलस्का भेटवार्ता ले युक्रेन रसिया युद्धको हल निकाल्न सकेन । तर दुवै नेताहरुले बार्ता सकरात्मक…

प्रतिकृयाहरू
...