Saturday 19th September 2026

संखुवासभा समाजद्वारा तीन विद्यालयलाई शैक्षिक सहयोग


संखुवासभा समाज कुवेतले जिल्लाका तीन विद्यालयहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ। समाजका अध्यक्ष विजय लामाको नेतृत्वमा गरिएको यो सहयोग कार्यक्रम अन्तर्गत करिब १ लाख २७ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको छ।

पाँचखपन नगरपालिका-९ स्थित श्री कालिका माध्यमिक विद्यालयलाई माघ १७ गते ३० हजार रुपैयाँ बराबरको नृत्य पोशाक प्रदान गरिएको छ। त्यस्तै, माघ २५ गते श्री शारदा माध्यमिक विद्यालय त्रिशुलीका फुटबल खेलाडीहरूका लागि १६ हजार रुपैयाँ बराबरको खेल जर्सी वितरण गरिएको छ।

श्री पञ्चकन्या आधारभूत विद्यालय खाम्लिङलाई माघ २८ गते ४८ थान विद्यार्थी कुर्सी, २ थान टेबल र प्रधानाध्यापकका लागि एक थान कुर्सी गरी ८१ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदान गरिएको समाजका अध्यक्ष लामाले बताए।

“यो सहयोगले विद्यालयहरूको शैक्षिक र अतिरिक्त क्रियाकलापमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं,” अध्यक्ष लामाले भने। उनका अनुसार समाजले आगामी दिनहरूमा पनि यस्ता सहयोग कार्यक्रमहरू जारी राख्ने योजना बनाएको छ।


सम्बन्धित शीर्षकहरु

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मुलुकमा भ्रष्टाचार र…

१३ मुलुकका लागि सिफारिस गरिएका राजदूतका नाम हेर्दा एउटा कुरा स्पष्ट छ—यीमध्ये कसैलाई विवादित वा अयोग्य भनेर औँला उठाउने ठोस…

सरकारले भारत, चीन, अमेरिका र बेलायतसहित १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्…

प्रतिकृयाहरू
...