Tuesday 16th December 2025

जन-जागृतिद्वारा कुवेतमा ज्यान गुमाएकी संगिताको परिवारलाइ आर्थिक सहयोग


जन-जागृति युवा समाज कुवेतले कुवेतमा ज्यान गुमाएकी संगिता भट्टराइको परिवारलाइ नेपाली रूपैयाँ ७३ हजार भन्दा बढि रकम आर्थिक सहयोग गरको छ । समाजको सदस्य रहेकी भट्टराइको पार्थिव शरीर डिसेम्बर ९ का दिन नेपाल पठाएपछि मृतक सङिता भट्टराईको बचत कोषमा जम्मा रहेको बचत र सस्थाबाट आर्थिक सहयोग गरी सो रकम नेपालमा निजको छोरा दुर्लभ सेढाइको बैंक एकाउन्टमा जम्मा गरिएको हो ।

झापा जिल्लाको साविक लखनपुर ९ हाल गौरदह नगरपालिका वडा नम्बर ८ घर भइ कुवेतमा कार्यरत रहेकी स्वर्गीय भट्टराईको यही मिति २०८१ मंसिर १५ गते तदनुसार नोभेम्बर ३० तारिक राती दु:खद निधन भएको थियो भने संस्थाको बचत कोषमा जम्मा रहेको उनको बचत ११७ केडि तथा सस्थाको तर्फबाट आर्थिक सहयोग गरि जम्म केडि १६८.५०० फिल्स नेरु ७३५९१.५३ सहयोग पठाएको हो ।

जनचेतना, राहत-उद्दार र सामाजिक सेवाका कार्य गर्ने उद्देश्यका साथ सन २००९ मा गठन भइ सामाजिक र मानविय सेवाका अतिरीक्त रचनात्मक कार्यहरू गर्दै आएको कुवेतको पहिलो सामाजिक संस्था जन-जागृति युवा समाज कुवेतले संस्थाको एक सकृय सदस्य गुमाउँनु परेकोमा गहिरो दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त सबैप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...