Wednesday 25th February 2026

दिप्त बस्नेतको कविता “विदेश”


आफ्नो गाउँ सहर कसलाई होला देश बाहिरिने रहर
आफ्नो को छन् नाता यहाँ रोए कराए हुन्छ खोलाको बगर ।

मनमा छ जे छ दुःख होस् वा सुख
सदावहार काम नगरे बन्द हुन्छ जोड्न हात मुख ।

समय हुन्न हिडडुल गर्न वा जाडोमा बिहानको घाम ताप्न
आफ्नो देशमा आफन्तहरू सोच्छन गाको छ पैसा छाप्न ।

सालै बित्यो वर्ष बित्यो आफ्नो ऋण जस्ताको तेस्तै
आफन्तहरूलाई लाग्छ परदेशी रमाइलोमा बसे मस्तै ।

कहिले कमाउने कहिले जमाउने कहिले हो हुने धनि
जीऊ वा पाउ दुखोस खानको लागि काम गर्नो पर्यो बिरामी भएपनि ।

लाख कमाओस वा करोड के काम आखिर खुसि छैन भने
पैसा भए सबको हाइहाइ नत्र आफन्तले दबावको खाल्डो खन्ने ।

पैसा कमाए फर्किने नेपाल छात्ती फुलाई नत्र धेरै कुराको डर
आफन्त त परै जाओस पैसाबिना आफ्नै परिवारकै नहुने रैछ भर ।


सम्बन्धित शीर्षकहरु

बंगलादेश का गृहमन्त्री सलाहुद्दीन अहमद ले व्यक्तिगत लाभका लागि दायर गरिएका नक्कली मुद्दाहरूको पुनः अनुसन्धान गर्न निर्देशन दिएका छन्। ढाका…

 पोखराबाट काठमाडौँ जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो। दुर्घटनामा अठार जनाको मृत्यु भयो भने २७ जना घाइते भए, घटनास्थलबाट उद्धार…

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

प्रतिकृयाहरू
...