Saturday 16th May 2026

किरात याक्थुङ द्वारा : कुवेतमा खेलियो देउसी भैलो


कुवेतमा किरात याक्थुङ चुम्लुङद्वारा आयोजित बलिहाङ तङनाम ५०८४ देउसी भैलो २०८१ कार्यक्रम, अध्यक्ष लिला चेम्जोङको सभापतित्वमा गोरखा किचन, सालमिया सभाहलमा सम्पन्न भएको छ। यस विशेष सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कुवेतका अध्यक्ष रण ध्वज लामा, साथै विशिष्ट अतिथिहरू आदिवासी जनजाति महासंघका अध्यक्ष अमृत तामाङ, पत्रकार महासंघका अध्यक्ष राज मल्ल र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूले उपस्थिति जनाएका थिए।

कार्यक्रम दीप प्रज्वलनसँगै सुरु गरिएको थियो। उपस्थित अतिथिहरूले आफ्नो मन्तव्य राख्दै लिम्बु र नेपाली मौलिक संस्कृतिको संरक्षण र प्रवर्धनमा किरात याक्थुङ चुम्लुङ, कुवेतको प्रयासको प्रशंसा गरे। प्रमुख अतिथि रण ध्वज लामाले यस्ता कार्यक्रमहरूले प्रवासमा नेपाली संस्कृतिलाई जगेर्ना गर्दै नेपाली समुदायलाई एकतामा बाँध्ने काम गरेको बताए।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा देउसी-भैलोको परम्परागत लारिङ्गेक नाम्लिङ्गेक प्रस्तुत गरियो। सहभागीहरू उत्साहित भएर रमाइरहेका थिए र यसले नेपाली संस्कृतिको सुन्दर झलक पनि प्रस्तुत गरेको थियो। साथै, विभिन्न कलाकारहरूले मनोरञ्जनात्मक नृत्य, गायन, र पालाम लगायतका सांस्कृतिक प्रस्तुति दिएर दर्शकहरूलाई रमाइलो अनुभव प्रदान गरे।

सांस्कृतिक कार्यक्रमले नेपाली समुदायमा एकता, मित्रता, र आपसी सहयोगको भावना बढाएको छ। किरात याक्थुङ चुम्लुङ, कुवेतले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू आयोजना गरी आफ्नो परम्परा र संस्कृतिलाई जगेर्ना गर्दै जाने प्रतिबद्धता जनाएको छ।


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...