Monday 14th September 2026

पेनाल्टीमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा


नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ। आइतबार भएको खेलमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।

तनावपूर्ण खेलको निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछी पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा नेपालकी गोलकिपर अन्जना राना मगरले भारतका दुई खेलाडीको प्रहार रोकिन भने नेपालका ४ खेलाडीले गोल गर्दै जित दिलाए।

नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएको थिएन। त्यसपछि १ घण्टा खेल रोकिएको थियो।

खेल सुरु भएको एक मिनेट भित्रै नेपालीकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन्। त्यसअघि खेलको ५०औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेलो कार्ड पाउँदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो । नेपालले अब उपाधिका लागि बंगलादेशसँग खेल्नेछ।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...