Tuesday 28th October 2025

अनुरा कुमारा दिसानायके बने श्रीलंकाको नयाँ राष्ट्रपति


श्रीलंकाको नयाँ राष्ट्रपतिमा वामपन्थी पार्टी नेसनल पिपुल्स पावरका नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । दिसानायकेले ५७ लाख ४० हजार १७९ मत पाएका छन् ।

दिसानायकेले श्रीलंकाको नवौँ राष्ट्रपतिको रूपमा सोमबार शपथ लिने छन् । उनका प्रतिद्वन्द्वी सजिथ प्रेमदासाले ४५ लाख ३० हजार ९०२ मत पाएका छन् । श्रीलंकाको इतिहासमा पहिलो पटक दोस्रो चरणको मतगणनापछि राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक भएको हो ।

चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका उम्मेदवारलाई मत दिएका मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गनेर विजेता निर्धारण गरिएको हो ।

श्रीलंकामा राष्ट्रपति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । चुनावमा मतदाताले प्राथमिकताका आधारमा पहिलो, दोस्रो र तेस्रो उम्मेदवार चयन गर्न पाउने व्यवस्था छ ।


सम्बन्धित शीर्षकहरु

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरान, नेपाल र भारत बिचको त्रिदेशीय फुटबल प्रतियोगितामा भारतीय टिमलाइ २-१ ले हराएको छ ।…

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान…

पाकिस्तानी मिडियाका अनुसार इस्लामाबादले आतंकवाद विरोधी प्रयासहरूमा सहयोग सहित प्रमुख सुरक्षा मुद्दाहरूमा तालिबानले "अतार्किक र अलग" अडान लिएको आरोप लगाएपछि…

प्रतिकृयाहरू
...