Monday 31st August 2026

म्यानमारमा बाढीका कारण सयाैं हताहत


म्यानमारमा आएको भीषण बाढीका कारण कम्तीमा ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् । टाइफुन यागी पछि म्यानमारमा आएको बाढीका कारण २३०,००० भन्दा बढी मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।

भारी वर्षाका कारण आएको बाढीले नेपी ताव, बागो, मण्डले र आयेवाडी क्षेत्रका साथै मोन, केइन र शान राज्यका ६४ वटा टाउनशिपका ४६२ गाउँ र वडाहरू प्रभावित भएका छन् । विपद्ले बाढी प्रभावित क्षेत्रमा २४ पुल, ३ सय ७५ विद्यालय, एउटा गुम्बा, पाँच बाँध, चार प्यागोडा, १४ ट्रान्सफर्मर, ४५६ ल्याम्पपोस्ट र ६५ हजार ७ सय ५९ घर ध्वस्त भएको जनाएको छ ।

विपद्को प्रतिक्रियामा, नेपी ताव र विभिन्न राज्य र क्षेत्रहरूमा आवश्यक स्वास्थ्य सेवा, खाना र पिउने पानी उपलब्ध गराउन अस्थायी राहत शिविरहरू स्थापना गरिएको छ । अधिकारी र उद्धारकर्मीहरूले खोजी र उद्धार कार्य जारी राखेको बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढी प्रभावित तीन जिल्लामा कम्तीमा १९ विद्यालय प्रभावित भएका छन्। शिक्षा मन्त्रालयका अनुसार ९ विद्यालय पूर्ण रूपमा ध्वस्त भएका…

रवि लामिछानेले आफ्नै पार्टीका सांसदहरूलाई सार्वजनिक विपत्तिको समयमा प्रचारबाजी र स्टन्टभन्दा जिम्मेवार व्यवहार गर्न चेतावनी दिएका छन्। रास्वपाले आफूलाई पुराना…

रसुवा स्थित भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ७८१ पुगेको छ भने ३,००० भन्दा…

प्रतिकृयाहरू
...