Friday 20th February 2026

अफ्रिकी राष्ट्र नामिबियाले खाद्य संकट टार्न ७ सय भन्दा बढी जनाबर मारेर मासु वितरण गर्ने


अफ्रिकी राष्ट्र नामिबियाले खाद्य संकट टार्न ७ सय जनाबर मारेर मासु वितरण गर्ने भएको छ । त्यहाँ हालसम्मकै ठुलो खडेरीका कारण ८४ प्रतिशत खाद्य भण्डार नष्ट भइ भोखमरी फैलिएपछि नागरिकको भोक मेटाउन ७ सय जनावर मारेर मासु वितरण गर्न लागिएको हो ।

नामिबिया सरकारले आफ्ना नागरिकलाई मासुजन्य पदार्थको पूर्ति गर्नका लागि हात्ती, घोडा, भैँसी, हरिणसहितका जंगली जनावर गरेर ७ सय जनावर मार्न लागेको हो । त्यहाँ १५० भन्दा बढी जनावर यसअघि नै मारिएका छन्। मारिएका जनावरबाट बनेको ६३ टन मासु खडेरी प्रभावित क्षेत्रमा पठाइएको थियो।

नामिबियाको पर्यावरण एवं पर्यटन मन्त्रालयले एक वक्तव्य जारी गर्दै देशमा उत्पन्न यस संकटबाट राहत पाउनका लागि संविधान अनुरुप यो कदम उठाएको बताएको छ।

https://economictimes.indiatimes.com/news/international/world-news/namibia-plans-to-butcher-723-wild-animals-including-zebras-hippos-impalas-and-even-83-elephants-for-meat/articleshow/112972389.cms?from=mdr


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...