Tuesday 1st July 2025

अफ्रिकी राष्ट्र नामिबियाले खाद्य संकट टार्न ७ सय भन्दा बढी जनाबर मारेर मासु वितरण गर्ने


अफ्रिकी राष्ट्र नामिबियाले खाद्य संकट टार्न ७ सय जनाबर मारेर मासु वितरण गर्ने भएको छ । त्यहाँ हालसम्मकै ठुलो खडेरीका कारण ८४ प्रतिशत खाद्य भण्डार नष्ट भइ भोखमरी फैलिएपछि नागरिकको भोक मेटाउन ७ सय जनावर मारेर मासु वितरण गर्न लागिएको हो ।

नामिबिया सरकारले आफ्ना नागरिकलाई मासुजन्य पदार्थको पूर्ति गर्नका लागि हात्ती, घोडा, भैँसी, हरिणसहितका जंगली जनावर गरेर ७ सय जनावर मार्न लागेको हो । त्यहाँ १५० भन्दा बढी जनावर यसअघि नै मारिएका छन्। मारिएका जनावरबाट बनेको ६३ टन मासु खडेरी प्रभावित क्षेत्रमा पठाइएको थियो।

नामिबियाको पर्यावरण एवं पर्यटन मन्त्रालयले एक वक्तव्य जारी गर्दै देशमा उत्पन्न यस संकटबाट राहत पाउनका लागि संविधान अनुरुप यो कदम उठाएको बताएको छ।

https://economictimes.indiatimes.com/news/international/world-news/namibia-plans-to-butcher-723-wild-animals-including-zebras-hippos-impalas-and-even-83-elephants-for-meat/articleshow/112972389.cms?from=mdr


सम्बन्धित शीर्षकहरु

कमला देवकोटा, पाल्पा - ए गोफ्ले उठ् उठ् आज आसारपन्ध्रको दिन । फु्लबारीमा के के फुल मरेका छन् ? त्यो…

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ११ औं कप्तान सावित्रा भण्डारी "साम्बा" बनेकी छन् । एएफसी महिला एसियन कप छनोट अन्तर्गत…

पुर्वरास्ट्रपति बिद्या भण्डारी पुन नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने भएपछि रास्ट्र प्रमुखको हैसियतले पाउने सेवा सुबिधा फिर्ता गर्ने हुनुभएको छ।…

प्रतिकृयाहरू
...