Thursday 24th October 2024

चित्रमा पञ्चाङ्ग, भाग-१२३


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १

मिति : २०८१/०४/२४

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी

चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल

समायोजक
—————–
सविता के.सी.

चित्रमा पञ्चाङ्ग
===========

पञ्चाङ्ग १

प्रविधिको छ जमाना भरिदियो पेट पनि
विषादी भयो मानव जीवनमा नेट पनि
पुस्तक र अक्षरबाट पाइन्छ ज्ञानगुन
चाहिएकै समयमा भएछ त भेट पनि
खूलोस् है सबको आफ्नो मस्तिष्कको गेट पनि ।

सविता के.सी.

पञ्चाङ्ग २

नराम्रो हुन्छ सुन्दर समय पेल्दाको परिणाम
पछिमात्र थाहा हुन्छ समस्या झेल्दाको परिणाम
उपचार त पाठ्यसामग्रीले नै जतासुकै दिन्छ
सुमार्गी मगज भित्रभित्र नै ठेल्दाको परिणाम
प्रविधिको नाममा धेरै बेर खेल्दाको परिणाम ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ३

मनकाे फाेहर धुन्छ कहिलेकाहीँ
हर्षले याे मन छुन्छ कहिलेकाहीँ
नयाँ प्रविधिको राम्रो ज्ञान नहुँदा
साेच्दै नसाेचेकाे हुन्छ कहिलेकाहीँ
आफ्नो कुबुद्विले रुन्छ कहिलेकाहीँ ।

सूर्य गिरी पाेखरा

पञ्चाङ्ग ४

पुस्तकको अध्ययनले ज्ञानको दियो बल्छ है
आजकाल अध्ययन प्रबिधि द्वारा नि चल्छ है
गुलियो नि धेरै सेवन गरेपछि तितो हुन्छ
नजाने र जथाभावी प्रयोगले मान्छे ढल्छ है
आवश्यक हेरेर प्रयोग गरौँ नत्र छल्छ है ।

शोभा आचार्य गौतम
काठमाडौँ

पञ्चाङ्ग ५

नमरी स्वर्ग जाॅदैनन् कोही
पढे नि हीरा खाॅदैनन् कोही
देखियो यहाॅ सबैको गति
सम्पत्ति उता लाॅदैनन् कोही
दु:ख गर्न चहाॅदैनन् कोही ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग ६

समय अनुसार सबै चल्न सक्नुपर्छ
अन्धकार हुँदामा ज्योति बल्न सक्नुपर्छ
प्रविधिसँगै अगाडि बढी रहनु राम्रो
ज्ञानले विघ्न बाधा सबै छल्न सक्नुपर्छ
बिषको बोटमा अमृत फल्न सक्नुपर्छ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ७

नयाँ प्रबिधि सँगै चल्न सक्नु पर्छ
जस्तो ठाउँमा पनि बल्न सक्नु पर्छ
गाह्रो होस या सजिलो अघि बढ्नु छ,
पुस्तक सँगसँगै गल्न सक्नु पर्छ
ज्ञान लिन प्रबिधि छल्न सक्नु पर्छ ।

धनमाया चौधरी कैलाली

पन्चाङ्ग ८

आज भोली जमाना फरक भएछ
प्रबिधिको रमाना नरक भएछ
ठिक्क खानु घिच्नु हुँदैन बीष हुन्छ
ओकल्नु न घराना खरक भएछ
एकतर्फी दिवाना हरक भएछ !

कमला देवकोटा, पाल्पा

पञ्चाङ्ग ९

पढ्ने बेला मोबाइलमा गेम खेलेपछि यस्तै हो
अनावश्यकरूपमा प्रविधि झेलेपछि यस्तै हो
घटेको हो कि नबुझे हो पढाइको महत्त्वलाई
किताबभन्दा अरू दिमागमा रेलेपछि यस्तै हो
सामाजिक सञ्जालले मानिस जेलेपछि यस्तै हो ।

श्रीकृष्ण शर्मा पोखरा –५, मालेपाटन

पञ्चाङ्ग १०

प्रविधिले ज्यान लियो भन्छन्
कलम आफ्नो भाँचियो भन्छन्
दुरुपयोग गरेपछि नै
सदुपयोग टाढियो भन्छन्
अन्तै सम्बन्ध गाँसियो भन्छन् ।

* देवी पन्थी

पञ्चाङ्ग ११

कसैलाई कर देखिन्छ
कसैलाई भर देखिन्छ
प्रविधिको ख्याल नगर्दा
पीडाबिच नर देखिन्छ
भयानक डर देखिन्छ ।

– आर्त अकुलीन

पञ्चाङ्ग १२

मलाई लाग्छ भुतको डर के गरुँ
कसैप्रति छैन यहाँ भर के गरुँ
आधुनिक युग आएपछि कलिमा
मान्छे बस्ती छैन घर गरुँ के गरुँ
किन गर्छाैं म माथि झन कर गरुँ ?

✍️श्रीकृष्ण धामी – बझाङ

पञ्चाङ्ग १३

पुस्तले नै फाल्दछ मानवका सारा विकारहरू
पन्छाउने गर्छ सबै व्यक्तिका सारा निहारहरू
सधै मुर्खबाट सयौँ कोश टाढा रहन्छ विद्वान
तिखा हुन्छन् प्रविधि भन्दा पुस्तकका धारहरू
चुडाउछ सधै पुस्तकले अन्धकारका तारबारहरू ।

✍️ खडक आर सि मिलन
छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
👉पञ्चाङ्ग🇧🇹१४
बढ्दो प्रयोगसँग अलिकति समयलाई बचाउँन सकेन
प्रविधिको संसारमा मानिसले एप्सलाई पचाउँन सकेन
परिस्थिति धेरै कठिन भए छ, सबै जनाले ध्यान दिन पर्ने
त्यो अन्तराल मैदानमा बर्ल्याङ्ग लडेपछि सचाउँन सकेन
किताब कापी भित्रको अस्पतालमा लगेर जचाउँन सकेन।

✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

पञ्चाङ्ग १५

कलियुगमा मोबाइलको जमाना आयो भन्छन्
मानवले पैसा कमाउने मौका पायो भन्छन्
अरु समय काम गरेर बिताउँछन् यहॉ
मोबाइलले सबैलाई काममा लायो भन्छन्
धेरै चलाउदा अकालमा ज्यान खायो भन्छन् ।

चन्द्रवती शर्मा।
भूटान 🇧🇹

पञ्चाङ्ग १६

कापी कलम थन्को लाग्यो अक्षर लेखिदैन अचेल
प्रविधिको जमाना छ हस्तलिपि भेटिदैन अचेल
लेखे पनि पढ्दैनन् कोहि एकोहोरो भएछ जमाना
खाली हावामा उड्छन् जमिन कहिँ टेकिदैन अचेल
खेल पनि मोबाइलमै माटोमा खेलिदैन अचेल ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १७

मोबाइल चाहिँ नितान्त खास भएको छ
किताबको भन्दा बढी विश्वास भएको छ
बालबालिका ,युवा अनि बृद्धलाई पनि
अचेल नभै नहुने आभास भएको छ
जिन्दगीमा केही आस उल्लास भएको छ ।

#पृथक प्रकृति ,झापा


सम्बन्धित शीर्षकहरु

लुलु रिटेलले यो वर्ष UAE को सबैभन्दा ठूलो IPO को सुरुवात गरेको छ। नोभेम्बरको मध्यमा ADX मा 25% शेयर सूचीबद्ध…

इजरायलले सोमबार हिजबुल्लाहको वित्त विरुद्ध प्रभावकारी रूपमा युद्धको घोषणा गर्‍यो, आइतवारबाट सुरु भएको समूहको प्रमुख बैंकहरूमा हवाई हमला जारी राख्दै,…

माथि देखि तलै सम्म काण्डै काण्ड ले बनेका यी दुई ठुला दल ले नेपाली जनतालाई अन्धा र विवेकहिन देख्नु उनीहरुको…

प्रतिकृयाहरू
...