Thursday 24th October 2024

पञ्चाङ्ग साहित्य समाज नेपालको पञ्चाङ्ग अभ्यास शृङ्खला : एक सय एकचालिसौँ भाग (१४२)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३
मिति:- २०८१/०४/२१
…………………………………
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी
सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.
प्रेम थापा “मन”
======================
उस्तै शब्दहरू : मिल्दो ।

दोहोरिने अन्तिम शब्द :- आफू खुसी ।

अक्षर संख्या :- ५ देखि २५ बराबरी

पञ्चाङ्ग, समपञ्चाङ्ग, त्रिपञ्चाङ्ग, समद्विपञ्चाङ्ग वा पाञ्चायन समेत लेख्नुहुन अनुरोध छ ।
=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

जिन्दगी दुखेपछि मन भड्किँदो रहेछ
विना कारण जिब्रो पनि पड्किँदो रहेछ
समाजले दिँदैन साथ सिथिल हुँदा नि
कसौँडीमा ताप जसरी छड्किँदो रहेछ
मै हुँ भन्ने जातले नै त चड्किँदो रहेछ ।

सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ ।

पञ्चाङ्ग २

हिजाे आफ्नाे थियाे आज अर्काे भयाे
अमृत मेराे बाेली आज झर्काे भयाे
मिठाे मसिनाे रसिलाे हिजाे थियाे
आज तिताे टर्राे असाध्यै चर्काे भयाे
समयकाे खेल आज कहाँकाे छर्काे भयाे ।

चन्द्रावती अधिकारी

पञ्चाङ्ग ३

हाँसो हरायो ओठमा मन दुखे पछि
खबर गरेनौं आफ्नो स्वार्थ पुगेपछि
कसको मन बुझ्न सकिन्छ नत यहाँ
भेट्न मुस्किल छ हामफाल्दै कुदेपछि
लाज शर्म छैन समाजमा लुकेपछि ।

तारा घिमिरे स्वेच्छा सङ्खुवासभा

पञ्चाङ्ग ४

बाहिर र भित्र खत फरक छ
आखिर यसैमा मत फरक छ
लेख्नु रमाउनु कलमको साथी
सिर्जनाको उही लत फरक छ
आर्तको आकाश छत फरक छ ।

– आर्त अकुलीन

पञ्चाङ्ग ५

रीस सुकाउनु राम्रो
दु:ख लुकाउनु राम्रो
अवस्था व्यवस्था हेरी
शिर झुकाउनु राम्रो
काम फुकाउनु राम्रो ।

सूर्य गिरी पाेखरा

पञ्चाङ्ग ६

मुटुको भाका,छर्लङ्ग आँखा,असर देखियो
सम्भव छैन , गतिलो हैन , रहर देखियो
सन्तान साथ, रहेमा हात, होला कि भनेर
अबोध कस्तो,निर्जीव जस्तो,पथ्थर देखियो
आमाको बोझ, नराखौ रोज, अधर देखियो ।

प्रेम थापा “मन”बागलुङ

पञ्चाङ्ग ७

तस्कर तस्कर मिलेर देश चलाएका छन्
सोझा निमुखालाई आरोप लगाएका छन्
भाग वन्डामा लागेका झोलेको चरित्र,
देशदेखि बिदेश सम्म गनाएका छन्
मरुभूमिमा आज यूवा फसाएका छन् ।

कला ढकाल झापा

पञ्चाङ्ग ८

साधनाको पथ नै हिँडेमा बन्ने ज्ञानी किन ?
परोपकारी भावनामा होस् हाम्रो बानी किन ?
मृत्युपछि यी अङ्ग लागेमा खुसी हुन्छ मन
नसके धन अङ्ग दानले बन्ने दानी किन ?
जिद्दीमा हामी फेरि गर्दछौं मनोमानी किन ?
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी

पञ्चाङ्ग ९

आज सानो गाउँ शहर भयो
यताउती हिँड्ने रहर भयो
निस्वार्थी हात फैलाउँदै जाँदा
विकासको पनि लहर भयो
अन्त्यमा जिन्दगी जहर भयो ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १०

अघिपछि केही छैन झुट बोले कुरा काट्छन्
अघिपछि हाॅस्ने आफैलाई पोले कुरा काट्छन्
कहिल्यै नसप्रिने भयो मान्छेहरूको बानी
लगाउॅदा होइन कपडा खोले कुरा काट्छन्
राजनितितिर पनि तिनै झोले कुरा काट्छन् ।

घनश्याम पौडेल,पोखरा

पञ्चाङ्ग १२

पैसा कमाउने हजार होलान्
नकमाउने सरदार होलान्
गाउँमा नानीको पेट भोको छ
जो अभिभावक कतार होलान्
यस्ता जिन्दगी त अपार होलान् ।

भगवती दवाडी ,झापा

पञ्चाङ्ग १३

विश्व जिताउने कलम हो हतियार होइन
घाउमा सुकाउने मलम हो हतियार होइन
श्रेष्ठ व्यक्ति सफलताले जवाफ फर्काउछन
खडेरि सिंचाइ गर्ने बलम हो हतियार होइन
सन्तुष्टिलाई खास अलम हो हतियार होइन ।

✍️ खडक आर सि मिलन
छेडागाड नगरपालिका २ साल्मा जाजरकोट

👉पञ्चाङ्ग🇧🇹 १४

दिन नहुने मान्छेलाई मैले मन दिएर गएँ
केही नसोचि आफन्तलाई मैले बिर्सिएर गएँ
गल्ती नगर्ने ‘ऐकान्तिक’ को चाहिँ छ यो संसारमा?
दुःखबहुल आई पर्दा म आफैँ निख्रिएर गएँ
जे थियो आफ्नो नसिपमा त्यही मैले लिएर गएँ।

✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

पञ्चाङ्ग १५

सानो देखेर मलाई भुरा सम्झने गर्छौ
गरेको खरो वचन छुरा सम्झने गर्छौ
दोष तिम्रो न मेरो समयको खेल हो नि
हातमा बाँधेको धागो चुरा सम्झने गर्छौ
बेहोसिमा ताने जुस सुरा सम्झने गर्छौ ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग १६

मासु काट्दा खुकुरीले आफ्नै हात काटेकाे छ
दु:ख र पीडाले मुटु मेराे धेरै फाटेकाे छ
लौ भन्नुस् त अब खसीलाई कस्ताे भयाे हाेला
खुशीमा मान्छेले मासु खाँदै हात चाटेकाे छ
बरु खानेले आफैले आफैलाई ढाँटेकाे छ ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग १७

म भेट्दिनँ पढाइमा खास केटाकेटी
त्यसैले त लाग्दैन नि आस केटाकेटी
विद्यार्थीले कापीकिताब बोक्न छोडेछन्
झोलाभरि बोक्न थाले तास केटाकेटी
के सिक्छन् र यस्ता बद मास केटाकेटी ।

श्रीकृष्ण शर्मा पोखरा –५, मालेपाटन

पञ्चाङ्ग १८

स्थायी खुशी आफैंभित्र छ अरुले कहिल्यै दिन्न हजुर
सबै पाइन्छ पैसाले मात्र खुशी पाइन्न किन्न हजुर
धन छ पद छ प्रतिष्ठा छ आदि सबैकुरा हुँदा पनि
खास खुशी कहाँ छ मान्छेले अझै सकेन चिन्न हजुर
झुपडी हाँसेको देख्छु महल भने किन खिन्न हजुर ।

-पशपती राई

पञ्चाङ्ग १९

सियो बनी पसेर निस्कने त फाली रहेछ
विद्वान भन्ने मान्छे पनि साह्रै जाली रहेछ
नपत्याय हरेक कार्यहरु हेर्नुस् आफैंले
छद्मभेषि मान्छे फुलबारीको माली रहेछ
आफ्नो अर्को नभन्ने खुँखार दलाली रहेछ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे


सम्बन्धित शीर्षकहरु

लुलु रिटेलले यो वर्ष UAE को सबैभन्दा ठूलो IPO को सुरुवात गरेको छ। नोभेम्बरको मध्यमा ADX मा 25% शेयर सूचीबद्ध…

इजरायलले सोमबार हिजबुल्लाहको वित्त विरुद्ध प्रभावकारी रूपमा युद्धको घोषणा गर्‍यो, आइतवारबाट सुरु भएको समूहको प्रमुख बैंकहरूमा हवाई हमला जारी राख्दै,…

माथि देखि तलै सम्म काण्डै काण्ड ले बनेका यी दुई ठुला दल ले नेपाली जनतालाई अन्धा र विवेकहिन देख्नु उनीहरुको…

प्रतिकृयाहरू
...