Friday 16th January 2026

पाकिस्तानमा आतंकवादी समूहद्वारा २२ जनाको गोली हानी हत्या


दक्षिण-पश्चिम पाकिस्तानमा बन्दुकधारीहरूले सवारी साधनबाट जबर्जस्ती बाहिर निकालेर कम्तिमा २२ जनाको हत्या गरेका छन् । बलुच लिबरेशन आर्मी (बीएलए) नामको आतंकवादी समूहले मुसाखेल जिल्लामा भएको आक्रमणको जिम्मेवारी लिएको छ ।

बलुचिस्तान प्रान्तको एक राजमार्गमा रातभर आक्रमण भएको थियो । साम्प्रदायिक, जातीय र पृथकतावादी आन्दोलन गरिरहेका हतियारधारीहरूले सवारीसाधनमा आगजनी गरेका थिए । पञ्जावबाट आएकाहरूलाई गोली हानिएको थियो ।

प्रधानमन्त्री सेहबाज सरिफले विज्ञप्ति जारी गर्दै ‘आतंकवादी हमलाप्रति गहिरो शोक र निन्दा’ गरेका छन् ।बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो तर यो सबैभन्दा कम विकसित छ।

बीएलए र अन्य बलुच पृथकतावादीहरूले यस क्षेत्रमा काम गर्ने पञ्जाव र सिन्द्धिहरूमाथि आक्रमणहरू तीव्र बनाएका छन्। उनीहरूले नाफा बाँडफाँड नगरी यस क्षेत्रको शोषण गरेको आरोप लगाउँदै विदेशी ऊर्जा कम्पनीहरूलाई पनि निशाना बनाएका छन्।

गत अप्रिलमा बलुचिस्तानमै नौ जना यात्रुहरूलाई बसबाट उताररे परिचय पत्र जाँच गरेपछि गोली हानी मारिएको थियो ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...