Friday 16th January 2026

टेलिग्रामका प्रमुख कार्यकारी पाभेल डुरोभ फ्रान्समा पक्राउ


सामाजिक सञ्जाल टेलिग्रामका प्रमुख कार्यकारी पाभेल डुरोभ फ्रान्समा पक्राउ परेका छन् । फ्रान्सेली प्रहरीले उनी पेरिसको उत्तरमा रहेको विमानस्थलबाट आइतबार पक्राउ परेको जनाएको छ । फ्रान्सेली प्रहरी अधिकारीहरुका अनुसार ३९ वर्षीय दुरोभलाई म्यासेजिङ एपसँग सम्बन्धित अपराधमा जारी भएको पक्राउ पुर्जीका आधारमा समातिएको हो ।

टेलिग्राम एप रुस, युक्रेन र यस क्षेत्रका अन्य देशमा निकै लोकप्रिय रहँदै आएको छ । प्रयोगकर्ताको डाटा हस्तान्तरण गर्न अस्वीकार गरेपछि रुसले सन २०१८ मा यो एपमाथि प्रतिबन्ध लगाएको थियो । तर सन्२०२१ मा सो प्रतिबन्ध हटाइएको थियो ।

टेलिग्राम फेसबुक, युट्युब, ह्वाट्सएप, इन्ष्टाग्राम, टिकटक र विच्याटपछि विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल मञ्चमा पर्दछ । दुरोभले सन् २०१३ मा टेलिग्रामको स्थापना गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...