Saturday 10th October 2026

अशोक ओस्तीलाइ अध्यक्ष चयन गर्दै लुम्बिनी समाज नेपाल कुवेतको छैठौ अधिबेशन सम्पन्न


लुम्बिनी समाज नेपाल कुवेतको छैठाैं अधिवेशन सम्पन्न भएको छ । संस्था स्थापनाको ११ अाैं वार्षिक उत्सव पारेर हिँजो २३ अगष्ट २०२४ का दिन कुवेतको फरवानिया स्थित सेफ नाैसाद सिग्नेचर रेष्टुरेण्टको सभाहलमा सम्पन्न छैठाैं अधिवेशनले सन २०२४-२०२६ कार्यकालको लागि अशोक ओस्तीलाइ निर्विरोध रूपमा अध्यक्ष चयन गर्दै ४१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको छ ।

संस्थाका निवर्तमान अध्यक्ष नेत्र पेमी मगरको सभाध्यक्षता, कुवेतका लागि नेपाली राजदूत महामहिम श्री घनश्याम लम्सालको प्रमुख अातिथ्यता, प्रथम महिला, प्रथम सचिव प्रेमराज गाैतम, श्रम सहचारी गिरिराज अाचार्य एवं गैरअावासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा तथा संस्थाका संरक्षक सल्लाहकारहरूको विशेश अातिथ्यता साथै नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्ल लगायत विभिन्न संघ संस्थाका अध्यक्ष एवं पदाधिकारी र प्रतिनिधिहरू अतिथि रहेको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशबाट कुवेतमा अाइ विभिन्न पेशामा अावद्ध दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

अधिवेशनमा शुभकामना मन्तव्य दिदै महामहिम राजदुत लम्सालले लुम्बिनी प्रदेशका १२ जिल्ला समेटिएर बनेको लुम्बिनी समाजको छैठाैं अधिवेशनमा सहभागी हुन पाउँदा खुशी व्यक्त गर्दै लुम्बिनी धार्मिक, सांस्कृति, एेतिहासिक र पर्यटकीय दृष्टिले महत्वपुर्ण रहेकोले अान्तरिक र वाह्य पर्यटन प्रवर्धनमा सबैको योगदान उत्तिकै महत्व हुने उल्लेख गर्दै लुम्बिनी प्रदेश भित्रका अन्य धार्मिक, सांस्कृतिक, एैतिहासिक धरोहरहरूको समेत चर्चा गर्दै समाजले प्रदेश भित्रका दिनदुःखीहरूको चहर्याइरहेको घाउमा मलहम लगाउन तथा विपन्नहरूलाइ शिक्षाको उज्यालो घाम पुर्याउन गरेको सहयोगको प्रशंसा गर्नु भयो ।

शुभकामना दिने अन्य वक्ताहरूले लुम्बिनी समाजले अहिलेसम्म गरेका राम्रा कार्यहरूको प्रशंसा गर्दै अागामी दिनमा सामाजिक र मानविय सेवाका कार्यमा सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै अधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितिलाइ अगृम वधाइ दिंदै सफल कार्यकालको लागि हार्दिक शुभकामना दिएका थिए ।

अधिवेशनको अवसर पारेर समाजले महामहिम राजदूत दम्पति, प्रथम सचिव तथा श्रम सहचारीलाइ दोसल्ला र मायाको चिनोबाट सम्मान गरेको थियो भने संस्थाभित्र विभिन्न क्षेत्रबाट योगदान पुर्याउने पुर्व पदाधिकारीहरू, खेलाडीहरू लगायतलाइ समेत सम्मान र प्रशंसा गरेको थियो ।

छैठाै अधिवेशनले अध्यक्ष अशोक ओस्ती, प्रथम उपाध्यक्ष अमृत गुरुङ दुर्तिय उपाध्यक्ष श्रीकृष्ण भन्डारी, तृतीय उपाध्यक्ष हेमन्त श्रेष्ठ, महिला उपाध्यक्ष शान्ता भन्डारी, महासचिव कृष्ण पुन, सचिव बिष्णु खनाल पौडेल, सचिव पप्पु खान, कोसाध्याक्ष दिल ढेङ्गा मगर, सहकोसाध्यक्ष प्रेम वली, प्रबक्ता ईन्द्र थापा , युवा बिभाग प्रमुख जिमी काउछा, महिला बिभाग दुर्गा ढकाल लगायत लुम्बिनी प्रदेशमा पर्ने १२ जिल्लाका प्रतिनिधित्व हुने गरि ४१ सदस्यीय निर्बिरोध कार्यसमिति चयन गरेकोछ ।


सम्बन्धित शीर्षकहरु

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

न्यायको सर्वोच्च आसनमा बस्ने व्यक्ति नै जनविश्वासको कठघरामा उभिनुपर्ने अवस्था लोकतन्त्रकै दुर्भाग्य हो। चोलेन्द्रशमशेर जबराको कार्यकाललाई सम्झिँदा उठ्ने प्रश्न यही…

फ्रान्सभर जारी विद्यार्थी आन्दोलनका बीच सरकार दबाबमा परेको छ। विद्यालयमा शिक्षक अभाव, भीडभाडयुक्त कक्षा, जीर्ण शैक्षिक पूर्वाधार तथा शिक्षा क्षेत्रमा…

प्रतिकृयाहरू
...