Monday 22nd December 2025

सोलुखुम्बुको थामेमा बाढी – क्लिनिक, विद्यालय र दर्जनाै घर बगायो


सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो अचानक आएको बाढीले एउटा विद्यालयको छात्रावास, एउटा क्लिनिक, पाँचवटा होटल र सातवटा घरसहित १५ वटा भवन पूर्ण रूपमा बगाएको छ । थामे खोलाको बाढीमा परी ५५ वर्षीय निमा नुरु टुडु शेर्पा बेपत्ता भएका छन् ।

दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा एक्कासि आएको बाढी दिउँसोमा आएकोले त्यति ठुलो मानविय क्षति हुन पाएन । बाढी आउँदा विद्यालय छुट्टी भइसकेको र स्थानीयहरू शुक्रबारे हटिया भर्न पाँच घण्टा पैदल दूरीमा रहेको नाम्चे गएका कारण मानविय कम भएको हो ।

थामेको माथिल्लो भूभागमा पर्ने टासी लाप्चा पासतर्फबाट दिउँसो अकस्मात्‌ बाढी आएको हो। थामे खोलाको शिरमा रहेका ससाना हिमताल फुटेर या कुनै पहाड खसेर बाढी आएको हुन सक्ने अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...