Thursday 23rd April 2026

सोलुखुम्बुको थामेमा बाढी – क्लिनिक, विद्यालय र दर्जनाै घर बगायो


सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा शुक्रबार दिउँसो अचानक आएको बाढीले एउटा विद्यालयको छात्रावास, एउटा क्लिनिक, पाँचवटा होटल र सातवटा घरसहित १५ वटा भवन पूर्ण रूपमा बगाएको छ । थामे खोलाको बाढीमा परी ५५ वर्षीय निमा नुरु टुडु शेर्पा बेपत्ता भएका छन् ।

दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलामा एक्कासि आएको बाढी दिउँसोमा आएकोले त्यति ठुलो मानविय क्षति हुन पाएन । बाढी आउँदा विद्यालय छुट्टी भइसकेको र स्थानीयहरू शुक्रबारे हटिया भर्न पाँच घण्टा पैदल दूरीमा रहेको नाम्चे गएका कारण मानविय कम भएको हो ।

थामेको माथिल्लो भूभागमा पर्ने टासी लाप्चा पासतर्फबाट दिउँसो अकस्मात्‌ बाढी आएको हो। थामे खोलाको शिरमा रहेका ससाना हिमताल फुटेर या कुनै पहाड खसेर बाढी आएको हुन सक्ने अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारका गृहमन्त्री सुदन गुरूङले गृहमन्त्री बनेको २७औँ दिनमा आज २०८३ वैशाख ९ गते पदबाट राजीनामा दिएका छन्। गृहमन्त्रीबाट राजीनामा…

दृढता, विश्वव्यापी स्रोत क्षमताको बलियो पक्ष तथा उपभोक्ताको पुनः सक्रिय गतिशीलतालाई उजागर गरेका छन्। -युसुफअली एम.ए. लुलु समूहले जीसीसी-व्यापी ‘वर्ल्ड…

Donald Trump का बयानहरूले सुरुमा आशा जगाए पनि, केही घण्टामै इरानको कडा प्रतिक्रिया आउनु भनेको दुवै पक्ष अझै पनि आफ्नै…

प्रतिकृयाहरू
...