Friday 24th July 2026

उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै २३ वर्षपछि कोलम्बिया कोपा अमेरिकाको फाइनलमा


उरुग्वेविरुद्ध सनसनीपूर्ण जित निकाल्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ ।

खेलको ३९ मिनेटमा गोल गर्दै जेफरसन लेर्माले कोलम्बियालाई अग्रता दिलाएका थिए ।

खेलमा अग्रता लिए लगत्तै पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डेनियल मुनोजले रातो कार्ड पाए । डेनियल मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सीमित भएको थियो ।

१० खेलाडीमा सीमित कोलम्बियाले पुरै समय उरुग्वेलाई दबाबमा राख्दै फाइनल यात्रा तय गरेको हो ।

दोस्रो सेमिफाइनलको विजेता कोलम्बियाले अब फाइनलमा पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो सेमिफाइनलमा क्यानडलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको हो ।


सम्बन्धित शीर्षकहरु

दक्षिणी युरोपमा भीषण डढेलो: ८० हजारभन्दा बढी मानिस विस्थापित दक्षिणी युरोपका विभिन्न क्षेत्रमा फैलिएको भीषण डढेलोका कारण ८० हजारभन्दा बढी…

पूर्वाधार न्यायाधिकरण गठनको तयारी अन्तिम चरणमा, विकास आयोजनाका विवाद छिट्टै टुंगिने अपेक्षा नेपालमा सार्वजनिक पूर्वाधार आयोजनासम्बन्धी विवादलाई छिटो र विशेषज्ञतापूर्ण…

ब्रेकिङ: होर्मुज जलडमरूमध्यसम्बन्धी माग पूरा नभएसम्म युद्धविराम स्वीकार नगर्ने इरानको घोषणा इरानका विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलडमरूमध्य (Strait of Hormuz)…

प्रतिकृयाहरू
...