Wednesday 2nd July 2025

फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा


स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ। म्युनिखमा गएराति भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २-१ को पुनरागमन जित दर्ता गर्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुग्न सफल भएको हो।

खेलको नौ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाए पनि उक्त अग्रता धेरै बेर टिकेन। २१औँ मिनेटमा यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए।

त्यसको चार मिनेटमै ओल्मोले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए। बाँकी समय थप गोल हुन सकेन र स्पेन फाइनलमा पुग्न सफल भयो।

स्पेन २०१२ पछि पहिलो युरो उपाधिको खोजीमा छ। त्यसबखत स्पेनले इटालीलाई ४-० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो।

त्यसपछिका दुई संस्करणमा स्पेन सेमिफाइनलभन्दा माथि उक्लिन सकेको थिएन। स्पेनले अब आज राति हुने दोस्रो सेमिफाइनल अन्तर्गत इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ।


सम्बन्धित शीर्षकहरु

कुवेत – कुवेतमा काम गर्दै आएकी चितवन भरतपुर–१८ स्थायी घर भएकी स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्च…

कमला देवकोटा, पाल्पा - ए गोफ्ले उठ् उठ् आज आसारपन्ध्रको दिन । फु्लबारीमा के के फुल मरेका छन् ? त्यो…

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी ११ औं कप्तान सावित्रा भण्डारी "साम्बा" बनेकी छन् । एएफसी महिला एसियन कप छनोट अन्तर्गत…

प्रतिकृयाहरू
...