Saturday 19th September 2026

संखुवासभा समाज कुबेतको प्रथम ऐतिहासिक अधिवेशन आगामि अगष्ट ३० मा हुने


“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,कुबेतमा तीन महिना पहिला गठन भएको संखुवासभा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन आगामी अगष्ट ३० तारिक शुक्रबार २०२४ को दिन कुवेतको खैतान स्थित राजधानि रेष्टुरेन्टको सभाहलमा हुने कार्यक्रम संयोजक बिजय लामाले मिडिया लाई जानकारी दिएको छ।

संखुवासभा जिल्ला घर भई कुवेत लाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसाय मा आबद्ध संखुस्भालिको एकता दु:ख सुखको चौतारी होस र प्रबाशमा रहेरपनी आफ्नो गाउँ ठाउँ को सामाजिक कार्यमा सरिक हुन सामुहिक रुपमा सहज होस भनी अप्रिल २६ तारिक शुक्र्बार २०२४ को दिन कुबेतको साल्मिया स्थित डम्पा रेष्टुरेन्टमा कुवेतवासी संखुवासभाली हरुको एक औपचारिक भेलाद्वारा (विजय लामा)को संयोजकत्वमा तर्दथ समिति गठन गरेको थियो।

कुबेतको खैतान स्थित राजधानी होटलमा हुन लागेको उक्त कार्यक्रमा कुवेतमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि,समाजसेवी,पत्रकार,कलाकार,खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु लाई कार्यक्रमा गरिमामय उपस्थितिको लागि अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाई दिन समेत आयोजकले आग्रह गरेका छन।

कार्यक्रमको विवरण:
मिति:- अगष्ट ३० तारिक २०२४ शुक्रबार
स्थान:- खैतानको राजधानी होटल
समय:- बिहान ११ बजेदेखी
आयोजक:- संखुवासभा समाज कुबेत


सम्बन्धित शीर्षकहरु

अमेरिकाले युक्रेनलाई २.६८ अर्ब अमेरिकी डलर बराबरको हवाई रक्षा प्रणाली तथा सम्बन्धित उपकरण बिक्री गर्न स्वीकृति दिएको छ। प्रस्तावित सहयोगमा…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले CNN, MS NOW र Politico लाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले ती सञ्चारमाध्यमले…

अमेरिका, डेनमार्क र ग्रिनल्याण्डबीच ग्रिनल्याण्डको सुरक्षासम्बन्धी नयाँ सम्झौता भएको घोषणा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले ग्रिनल्याण्डको सुरक्षामा…

प्रतिकृयाहरू
...