Sunday 2nd February 2025

बाल याैन दुराचारमा दोषी ठहर भएका बम्जनलाइ १० वर्ष कैदको सजायँ


बाल यौन दुराचारमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएकाे छ । सर्लाही जिल्ला अदालतले फूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बमजनलाई सो सजायँ सुनाएको हो ।

न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बमजनलाई दोषी ठहर गरेको एक सातापछि सजाय सुनाउँदै अदालतले निजले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने पनि निर्णय गरेको हो ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानकाे आदेश दिएपछि बम्जन हाल महाेत्तरी कारागार जलेश्वरमा छन् तर उनले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै आएका छन्।

सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडाैंकाे बुढानिलकण्ठबाट गत पुस २४ गते मंगलबार साँझ सीआईबीको टोलीले पक्राउ गरेको थियो । २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा बम्जन विरुद्ध जाहेरी परेको थियो ।


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

"७५० फिल्स" मै चिकेन बिरियानी, मःमः पनि "७५० फिल्स"! सुन्दा अचम्म लाग्छ तर यो कुरा सत्य हो । मंफाफ स्थित…

इजरायलले हमासको सूचीले गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा गरिने ३३ बन्दीहरूमध्ये आठ जनाको मृत्यु भएको देखाएको बताएको छ। सरकारी…

प्रतिकृयाहरू
...