Tuesday 19th May 2026

९० देश र अन्तर्राष्ट्रिय संघसंस्था सहभागी सम्मेलनमा पुटिनको शर्त अस्वीकार


इटाली र जर्मनीले युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शर्त अस्वीकार गरेका छन् ।

व्यापक छलफलपछि स्विट्जरल्याण्डमा युक्रेनले आयोजना गरेको सम्मेलनमा भेला भएका देशहरूले पुटिनको शर्त अस्वीकार गरेका थिए । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शान्ति योजनालाई प्रोपागाण्डा भनेकी छन् । जर्मनीका चान्सलर ओलाफ स्कोल्ट्जले यो ‘तानाशाहको शान्ति’ भएको बताएका छन् । युक्रेनमा रुसको हमलापछि स्वीट्जरल्याण्डमा हुन लागेको यो शान्ति सम्मेलन विभिन्न देश र अन्तर्राष्ट्रिय संघसंस्थाको सबैभन्दा ठूलो बैठक हो । यसमा ९० देश र अन्तर्राष्ट्रिय संघसंस्था सहभागी छन् । यो सम्मेलन सुरु हुनुभन्दा दुई दिनअघि पुटिनले आफ्ना शर्त राखेका थिए ।

पुटिनले युक्रेनमा युद्ध रोक्न दुईवटा शर्त राखेका थिए ।

पहिलो, युक्रेनले डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरोज्यबाट आफ्ना सेना फिर्ता गर्नुपर्नेछ। दोस्रो, युक्रेन नेटोमा सामेल हुने छैन। युक्रेन संकट अन्त्यका लागि स्वीट्जरल्याण्डमा आयोजित दुईदिने बैठकमा घोषणापत्रको मस्यौदा तयार गरिएको हो । घोषणाले युक्रेनको क्षेत्रीय अखण्डता र यसविरुद्धको कुनै पनि आणविक खतरालाई स्पष्ट रूपमा अस्वीकार गरेको छ।

यो घोषणापत्र आइतबार औपचारिक रुपमा स्वीकृत हुनेछ । यसले विश्वव्यापी खाद्य सुरक्षाका लागि ब्ल्याक सी र अजोभ सागर हुँदै व्यावसायिक जहाजहरू आवतजावत गर्न अनुमति दिन आवश्यक भएको पनि बताएको छ।

“युक्रेनको स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतासँग कुनै सम्झौता हुँदैन,” युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका प्रमुख आन्द्रेई येर्माकले स्विट्जरल्याण्ड शिखर सम्मेलनको क्रममा बीबीसीलाई भने।


सम्बन्धित शीर्षकहरु

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

ताईवान ले आफूलाई स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक शासन प्रणाली भएको राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ। ताइवानको आफ्नै संविधान, सेना,…

प्रतिकृयाहरू
...