Saturday 17th January 2026

मेक्सिकोमा पहिलो महिला राष्ट्रपति बन्दै क्लाउडिया शियनबम


मेक्सिकोमा क्लाउडिया शियनबम राष्ट्रपति निर्वाचनमा विजयी भएकी छन् । मेक्सिकोको इतिहासमै उनी पहिलो महिला राष्ट्रपति हुन लागेकी हुन । त्यहाँको निर्वाचन प्राधिकरणले बताएअनुसार आइतबार भएको मतदानमा मेक्सिको सिटीकी पूर्वमेयर ६१ वर्षकी क्लाउडिया शियनबमले ५८ देखि ६० प्रतिशत मत पाएको प्रारम्भिक नतिजाले देखाएको छ ।

उनले पाएको मत मुख्य प्रतिद्वन्द्वी सोचित्ल गाल्भेजको तुलनामा झन्डै ३० प्रतिशतले बढी रहेको बताइएको छ । वर्तमान राष्ट्रपतिको पदावधि सकिएपछि अक्टोबर १ मा शियनबमले राष्ट्रपतिको पदभार सम्हाल्नेछिन् ।

राष्ट्रपतिको लागि उम्मेदवारी दिनु अघि उनी मेक्सिको सिटीकी मेयर थिइन् । उनी सन् २०१८ मा मेक्सिको सिटीकी पहिलो महिला मेयर बनेकी थिइन् । सन् २०२३ मा राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन उनले मेयर पदबाट राजीनामा दिइन्


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...