Saturday 21st February 2026

नेपाल कुवेत सरोकार समाज द्वारा आयोजित “पाचौं सांगीतिक धमाका” भव्यताका साथ सम्पन्न


नेपाल कुवेत सरोकार समाज द्वारा आयोजित “पाचौं सांगीतिक धमाका” भव्य रुपमा सम्पन्न भएको छ।नेपालबाट आमन्त्रित राष्ट्रिय एबं ख्यातिप्राप्त कलाकारहरु गायक शिव परियार र गायिका रचना रिमालको साथमा कुवेतस्थित जिलिबको इन्डियन स्कुलसंगै रहेको स्पायर स्कुलको सभाहलमा हिजो मिती ३१ मे २०२४ मा दिन कार्यक्रम सम्पन्न भएको हो।उक्त हो।कार्यक्रममा कुवेतलाइ कर्मथलो बनाएर बसेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो। समाजका अध्यक्ष सुर्या लामाको सभापतित्वमा प्रमुख अतिथि नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम लम्साल, बिशिस्ट अतिथि NRAN कुवेतका अध्यक्ष रणध्वज लामा,अलमुल्ला एक्सचेन्ज AlMullaExchange प्रतिनिधी,जजिरा एयरलाइन्सको प्रतिनिधी, पत्रकार महासंघको बैदेशिक शाखा कुवेतको अध्यक्ष राज मल्ल, Ambassador Super market को प्रतिनिधी विशेष आतिथ्यता लगायत नेपाली दुतावास कुबेत परिवार, कुवेतमा कृयाशिल नेपाली संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।

उक्त कार्यक्रम लाई नेपाली जनसम्पर्क समिती कुवेतका माहामन्त्री केशर घलान तामाङ र अलमुल्ला एक्सचेन्जका करिडोर इन्चार्ज भुवन सुबेदीले संयुक्त रुपमा संचालन गरेका थिए। कार्यक्रम सन्मयोजक दमोदर बाटलले स्वागत मन्तव्य राखेका थिए। राष्ट्रिय गानको गुन्जनका साथ सुरु भएको कार्यक्रममा प्रमुख अतिथी, सभापति र बिषेश अतिथिले सामुहिक उपस्थितिमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको पहिलो चरणमा कुवेतका कलाकारहरुको प्रस्तुती राखिएको थियो। कार्यक्रम को मुख्य आकर्षक बहुचर्चित कर्णप्रीय स्वरकी धनी नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि गायिका रचान रिमाले आफ्नो नयाँ पुरा गीतहरु गाएर छमछमी नचायकि थिइन भने देश तथा बिदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त गयाक कर्णप्रीय स्वरको धनी, मेरो भोईस युनिभर्स को जज गरी सक्नु भएको गायाक शिब परिवारले आफनो नयाँ पुरना गीत धोके बाज हौ तिमी,पागल बनायौ प्रिये, झन्डै एक दर्जन भन्दा बढी गीतहरु गाएर सबै लाई नचाएको थिए । भने कार्यक्रमको अन्तिम प्रस्तुति सम्म हल भरिभराउ थियो।

समाजले विशेष योगदान गरेका ब्यक्तित्वहरु नेपालबाट पल्नु भएका अतिथी कलाकार लाई दोसल्ला ओढाएर मायाको चिनो सरुप सम्मान पत्र बाट विशेष सम्मान गरिएको थियो। भने कार्यक्रमको अन्त्यमा आध्यक्ष लामाले नेपालबाट पाल्नुहुने अतिथि कलाकार प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने मिडिया, स्वयंसेवक र सबै स्पोन्सरहरु प्रती आभार प्रकट गर्दै कार्यक्रमको समापन घोषणा गरेका थिए।


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...