Saturday 17th January 2026

अत्याधिक गर्मीका कारण भारतमा ७९ जनाको मृत्यु


भारतमा अत्याधिक गर्मीका कारण बिहीबार ७९ जनाको ज्यान गएको छ । बिहार, झारखन्डसमेत ७ राज्यमा एकै दिन लूका कारण सो सङ्ख्यामा मृत्यु भएको हो ।

सबैभन्दा धेरै बिहारमा ४४ जनाको मृत्यु भएको छ । झारखन्डमा १५ जनाको मृत्यु भएको थियो । ओडिशाको राउरकेलामा ६ घण्टाको अन्तरालमा १० जनाको ज्यान गएको थियो ।

राजस्थान र छत्तीसगढमा मर्नेको संख्या क्रमशः ५ र ३ थियो । उत्तर प्रदेश र दिल्लीमा १/१ जनाको मृत्यु भएको छ । मौसम विभागले शुक्रबारका लागि यी राज्यमा लूसम्बन्धी अलर्ट जारी गरेको छैन । बिहीबार अधिकांश राज्यमा लूसम्बन्धी अलर्ट जारी गरिएको थियो । पछिल्ला दिनहरूमा भारतमा गर्मीका कारण दिनहुँ कयौँको ज्यान गइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...