Thursday 6th August 2026

कविता:मुल्य


नसोध मलाई म कहाँ छु
आफैलाई खोज्दा हराएको छु
मनमा आफैलाई भेट्ने
सपना सझाएको छु

विपना खोज्न सक्दिन
सपनाले च्यापेको छ
सपनाको भुमरीमा
भौतिक शरीर थाकेको छ

तातो घामले पोल्दैन मलाई
तातो बालुवाको रापमा रमाएको छु
खोल्सिएका पैतालले दौडिएर
सपनाबाट बिउतिन खोज्दै छु

शरीर गलीसकेको छ
मस्तिष्क थाकीसकेको छ
हात लुला भइसकेको छ
तर, सपना जिउँदै छ
न सपना पूरा भएको छ
न विपनाको मूल्य छ
सपना र विपनको खोजीमा
जीवनको मुल्य हराएको छ ।

नारायण कोइराला
तानसेन पाल्पा
हाल,कुवेत


सम्बन्धित शीर्षकहरु

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

बंगलादेशका स्टार क्रिकेटर तथा अवामी लिगका पूर्व सांसद शाकिब अल हसनको पैतृक घरमा अज्ञात समूहले आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका…

केही मित्रता शब्दहरूले बन्छन्। तर केही सम्बन्ध वर्षौंको विश्वास, धैर्य र निस्वार्थ प्रेमले निर्माण हुन्छन्। एउटा सानो हात्तीको बच्चाले आफूलाई…

प्रतिकृयाहरू
...