Friday 15th August 2025

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दिए राजीनामा


उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष समेत रहेका यादवले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन्।

“आज विहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु”, उनले भने।

उनले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन्।

त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री दीपक कार्कीले पनि आजै पदबाट राजीनामा दिएका छन्। जसपा राजनीतिक समिति सदस्य समेत रहेका उनले आजै राजीनामा बुझाएका हुन्।


सम्बन्धित शीर्षकहरु

कहिले कृषी मन्त्रालयमा बजेट छैन भन्ने कहिले निगुरोलाई किसानले मल हालेर अभाव भएको बयान दिने कृषी मन्त्री को बयान ले…

विषाक्त रक्सीको सेवनबाट कुवेत का विभिन्न अस्पतालहरूमा भर्ना भएका ६३ जना मध्ये १३ जनाको मृत्यु भईसकेको छ । देशभरका सुरक्षा…

तितोपाटी -  पाल्पामा सहकारी संस्थाकाे रकम हिनामिना गरेकाे आराेपमा रम्भा गाँउपालिकामा मुख्य कार्यालय रहेको  लालीगुँरास वचत तथा ऋण सहकारी संस्थाका…

प्रतिकृयाहरू
...