Tuesday 13th January 2026

पेरूमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु


उत्तरी पेरुको पहाडी सडकबाट एउटा बस खाल्डोमा खस्दा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। आइतबार राती सोरोचुको सहरतर्फ जाँदै गरेको बस पल्टिएर काजामार्काको एन्डियन क्षेत्रको सडकमा सो दुर्घटना भएको थियो । बस सडकबाट करिब २०० मिटर (करिब ६५० फिट) गहिरो खाडल भएको नदिमा खसेको थियो।

रातको समयमा एकदमै कच्ची सडकमा भएको दुर्घटनाको कारण उद्दारमा निकै कठिनाइ भएको त्यहाँका अधिकारीले जनाएका छन् । दुर्घटनामा अरू १३ जना घाइते भएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन्।

स्थानीय मिडिया आउटलेटहरूले रिपोर्ट गरे कि बस नजिकैको सेलेन्डिन शहरबाट यात्रा गरिरहेको थियो । दुर्घटनामा धेरै मानिसको ज्यान गएपछि त्यहाँको स्थानीय सरकारले ३ दिनको शोकको घोषणा गरेको छ ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

प्रतिकृयाहरू
...