Wednesday 1st July 2026

इराकमा टिकटक स्टार उम्म फाहदको गोली हानी हत्या


उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा शुक्रबार राति घर बाहिर गोली हानी हत्या गरिएको सीएनएनले उल्लेख गरेको छ ।

हमला बगदादको पूर्वमा जायुना क्षेत्रमा भएको थियो र यसलाई निगरानी क्यामेराले भिडियोमा कैद गरी सामाजिक सञ्जालमा शेयर गरेको थियो । भिडियोमा मोटरसाइकलमा सवार बन्दुकधारीले गोली हानेर सावदीको घटनास्थलमै हत्या गरेको देखिन्छ ।

फाहद टिकटकमा निकै लोकप्रिय रहेकी थिइन् । टिकटकमा उनले आफैंलाई फिटिंग कपडामा पप संगीतमा नाच्ने भिडियोहरू साझा गर्ने गर्दथिन । उनलाई इराकको अदालतले अश्लील र अभद्र भाषा भएको, सार्वजनिक शिष्टता र नैतिकताको उल्लङ्घन गर्ने धेरै फिल्म र भिडियोहरू निर्माण र प्रकाशन गरेको आरोप लगाउदै छ महिनाको जेल सजाय सुनाइएको थियो ।

https://edition.cnn.com/2023/09/27/middleeast/iraq-lgbtq-shot-intl/index.html


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पले देशलाई गम्भीर संकटमा पारेको छ। पहिले नै आर्थिक संकट, सरकारी कमजोरी र प्रतिबन्धका कारण कमजोर…

१५ असारः प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको…

कराची मा शनिबार राति भएको आक्रमणपछि पाकिस्तानी रेंजर्सको सिंध क्याम्पमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (ISPR)…

प्रतिकृयाहरू
...