Tuesday 16th December 2025

एसीसी प्रिमियर कप टी–२० क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश


एसीसी प्रिमियर कप टी–२० क्रिकेटमा नेपाल समुह चरणमा अग्रस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

ओमानमा भइरहेको प्रतियोगितामा नेपालले बुधबार समूहचरणको अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजित गरेको छ । यस सँगै समुह चरणका सबै खेलहरूमा विजयी हुँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले पहिलो तीन खेलमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको थियो ।

हङकङ समूह ‘ए’ को उपविजेता टोलीको हैसियतमा सेमिफाइनलमा प्रवेश गरेको छ । हङकङले बुधबार भएको अर्को खेलमा मलेसियालाई ७ विकेटले पराजित गर्यो । हङकङ र कतारको समान ४ अंक भए पनि हङकङ राम्रो रन रेटका कारण सेमिफाइनलमा पुगेको हो ।


सम्बन्धित शीर्षकहरु

तीतोपाटी – तनहुँ सेवा समाज कुवेतले तनहुँका मृगौला पीडितलाइ १ लाख बढीको आर्थिक सहयोग गरेको छ । समाजले तनहुँ जिल्ला…

कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन सन् २०२६ फेब्रुअरी १३ तारिखका दिन खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं अन्तरराष्ट्रिय महाधिवेशनको मिति तय गरिएको छ । एनआरएनएको बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीले…

प्रतिकृयाहरू
...