Thursday 16th April 2026

नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतको चाैथो अधिवेशन तथा ८ औं वार्षिकोत्सव आगामी २३ फेब्रुअरीमा हुने


तीतोपाटी – नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतले आफ्नो चाैथो अधिवेशन तथा ८ औं वार्षिक उत्वस आगामी २३ फेब्रुअरी शुक्रबारको दिन गर्ने भएको छ । संघका संरक्षक सुन बहादुर तामाङले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका हुन् । संघको चाैथो अधिवेशन कुवेतका लागि नेपाली राजदूत महामहिम घनश्याम लम्सालको प्रमुख अतिथ्यतामा विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाको उपस्थितिमा सम्पन्न गरिने पनि संरक्षक तामाङले तीतोपाटीसँगको कुराकानीमा जनाएका छन् ।

“पेसागत मर्यादा, अधिकार, अनुससान, राष्ट्रीयता र नियम कानुनको पलना” भन्ने मुल नाराका साथ गठन भइ कृयाशिल कुवेतमा यातायात व्यावसाय गरि बसेका नेपालीहरूको संस्था नेपाली प्रावसी ट्याक्सी व्यावसायी संघ कुवेत सरकार मातहत दर्ता रहेको Integrated Cummunity Center को सदस्य समेत रहेको छ भने नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ संस्था तथा कुवेतको नेपाली समाजका अगुवा, समाजिक अभियन्ता, पत्रकार, खेलाडी, कलाकार तथा कुवेतमा विभिन्न पेशामा आवद्ध अाप्रवासी श्रमिकहरूको समुपस्थितिमा चाैथो अधिवेशन सम्पनन गर्ने योजनाका साथ कार्यक्रमको तयारीमा जुटिरहेको समाजका अध्यक्ष चन्द्र तामाङले तीतोपाटीसँगको कुराकानीमा बताए ।

वैदेशिक रोजगारीको क्रममा कुवेतमा आएर विभिन्न किसिमले पीडित बनेका नेपालीहरूको सहयोगमा लागि पर्दै आएको यस ट्याक्सी व्यावसायी संघले कुवेतमा कृयाशिल अन्य संघसंसथाहरूसँग हातेमालो र सहकार्य गर्दै आएको छ । चाैथो अधिवेशन भव्य सभ्य रूपमा सम्पन्न गर्नको लागि नेपाली राजदूतावास, एनआरएनए लगायत सम्पुर्ण संघ संस्थाका पदाधिकारी, पत्रकार, बुद्धिजीवि, सामाजिक अभियन्ता सबैलाइ आधिकारिक निमन्त्रणा पठाउने जनाउदै यदि आधिकारिक पत्र प्राप्त नभएमा पनि यसै समाचारलाइ आधार मानी अधिवेशन समारोहमा उपस्थिति जनाउनु हुन अनुरोध गर्दै उक्त दिन अन्य कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाइ दिनु हुन पनि संघले अनुरोध गरेको छ ।

कार्यक्रमको विवरणः
मितिः २३ फेब्रुअरी २०२४ शुक्रबार ।
स्थानः सेफ नाैसाद रेष्टुरेन्ट फरवानिया।
समयः दिनको ठिक ११ बजे ।


सम्बन्धित शीर्षकहरु

उत्तर कोरियाले आफ्नो आणविक हतियार उत्पादन क्षमतामा तीव्र वृद्धि गरिरहेको भन्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले गम्भीर चिन्ता व्यक्त…

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सरकारी गाडीलाई सिंहदरबार पुग्ने क्रममा ट्राफिक प्रहरीले चिट काटेको घटना अहिले निकै चर्चामा आएको छ। प्रारम्भिक…

कुवेतले आफू कुनै पनि क्षेत्रीय वा अन्तर्राष्ट्रिय द्वन्द्वको पक्षमा नरहेको र आफ्नो भूमि कुनै पनि देशमाथि आक्रमण गर्न प्रयोग हुन…

प्रतिकृयाहरू
...