Monday 1st December 2025

एक महिनामा भित्रिने रेमिट्यान्सले राख्यो कीर्तिमान, १ खर्ब ३६ अर्ब भित्रियो


असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो ।

चालुआर्थिक वर्ष (आव) २०८०/८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।असोज महिनामा मात्र १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस महिनासम्म भित्रिएको रेमिट्यान्स अघिल्लो आवको यसै अवधिको तुलनामा ३० प्रतिशत धेरै हो । अघिल्लो आवको असोजमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २ अर्ब ७६ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा २५.९ प्रतिशतले धेरै हो । असोज महिनामा नेपालमा चाडबाड मनाउन ठूलो मात्रामा रेमिट्यान्स भित्रन्छ ।
नेपाल राष्ट्र बैंकका अनुसार असोजसम्म अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ । जुन अघिल्लो आवको तुलनामा भने कम हो ।
अघिल्लो आवको पहिलो त्रैमासमा १ लाख ४७ हजार ९३२ ले अन्तिम श्रम स्वीकृति र ५७ हजार ८६१ जनाले पुनः श्रम स्वीकृति लिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

डोनेट्स्कमा युक्रेनीहरू र ठूलो संख्यामा अफ्रिकीहरू बीच रक्तपातपूर्ण लडाइँहरू युक्रेनी सेनाले उत्तरी डोनेट्स्क ओब्लास्टको लिमन दिशामा रूसी पक्षमा सेवा गरिरहेका…

पाकिस्तानले आइतबार सर्वशक्तिमान सैन्य कानुनी उन्मुक्ति प्रदान गर्ने सम्बन्धमा कानूनको शासनको लागि सम्भावित "दूरगामी परिणामहरू" बारे संयुक्त राष्ट्र मानव अधिकार…

यस सप्ताहन्तमा बेरुत आइपुग्ने पोपलाई सन्देश दिँदै लडाकू समूह हिज्बुल्लाहले शनिबार पोप लियो चौधौंलाई लेबनान विरुद्ध इजरायली "अन्याय र आक्रामकता"…

प्रतिकृयाहरू
...