Wednesday 31st December 2025

बडा दशैंको साताैं दिन आज गोरखा दरबारको फुलपाती हनुमान ढोका दरबारमा भित्र्याइँदै


आज बडा दशैंको साताैं दिन फुलपाती । आज पृथ्वीनारायण शाहको पालादेखि चलिए आएको गोरखा दरबारको फुलपाती हनुमान ढोका दरबारमा भित्र्याइँदै छ । गोरखा दरबारबाट यसपालीको फूलपाती काठमाडौँस्थित हनुमानढोका पठाइएको छ । गोरखा दरबारस्थित कालिका मन्दिरको दसैंघरबाट काठमाडौं हनुमानढोकाको दसैंघरमा भित्र्याउने फुलपाती शनिबार बिहान आठ बजे विधिवत रुपमा फुलपाती काठमाडौंको हनुमानढोका पठाइएको हो । यस वर्ष गोरखा दरबारसँगै लिगलिकोटबाट ल्याइएको फुलपाती सहित बाजागाजा र हर्षोउल्लसाका साथ फुलपाती काठमाडौं हनुमानढोका पठाइएको हो ।

पहिले नुवाकोट हुँदै हिँडाएर लगिने डोली आजभोलि गाडीमा चढाएर पठाउन थालिएको छ । पृथ्वी नारायण शाहले काठमाडौँ एकीकरण गरेपछि गोरखाको संस्कार संस्कृति जोगाउनका लागि र त्यसबाट शक्ति आर्जन हुने विश्वासका साथ फूलपातीको डोली नियमित काठमाडौँ पठाउन थालिएको हो । गोरखाबाट पठाइएको फुलपाती हनुमान ढोका पुगेपछि हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने चलन छ ।

नवदुर्गाको पुजाको लागिफुलपातीको अघिल्लो दिन नै बलीपूजा सम्पन्न गरि गोरखा दरवारका सुसारेहरुले अमराइ, ठुलो वन लगायतका जंगलबाट नौ प्रकारका प्रजातिका फुलपत्र संकलन गरि हनुमानढोका पठाउने गरिनछ । गोरखा दरबारबाट हनुमानढोका दरबारमा फुलपाती भित्र्याउने परम्परा निकै पुरानो हो । पृथ्वी नारायण शाहले काठमाडौँ एकीकरण गरेपछि गोरखाको संस्कार संस्कृति जोगाउनका लागि र त्यसबाट शक्ति आर्जन हुने विश्वासका साथ फूलपातीको डोली नियमित काठमाडौँ पठाउन थालिएको हो ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...