Thursday 18th June 2026

भारतका क्रिकेटर युवराज सिंहको बिश्व रेकर्ड नेपाली क्रिकेटर ऐरीले तोडे


नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका छन्। नेपालका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतकको विश्व कीर्तिमान बनाएका हुन्।

चीनमा जारी १९ औं एसियन खेलकुदमा मंगोलियाविरूद्ध मैदानमा उत्रेका ऐरीले जम्मा ९ बल मै अर्धशतक पूरा गरेर विश्वकिर्तिमान बनाएका हुन्। यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धसतक बनाएर राखेको कीर्तिमान नेपाली क्रिकेटर ऐरीले तोडेका छन्।

पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको मंगोलियालाई कमजोर टिमको रुपमा लिइँदै आएको छ। कमजोर टिमको फाईदा उठाउँदै ऐरीले पहिलो ६ बलमा ६ छक्का प्रहार गरेका थिए।

१० बलको सामना गर्दा उनले ८ छक्का हिर्काए पछि उनको बिश्व किर्तिमान कायम भएको हो। पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडकाे हाे।


सम्बन्धित शीर्षकहरु

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

प्रतिकृयाहरू
...