Saturday 23rd May 2026

भाटभटेनी बिर्तामोड शाखाको उद्घाटन


नेपालकै ठुलो चेन सुपर स्टोर भाटभटेनी बिर्तामोड शाखाको उद्घाटन गरिएको छ ।
बिहीबार बिहान ६ः३० बजेको शुभ साइतमा भाटभटेनी सुपर स्टोर प्रालिका अध्यक्ष मीनबहादुर गुरुङले ब्राह्मणबाट शुभ साइत गराएर स्टोरको उद्घाटन गरेका हुन् ।नेवारी सांस्कृतिक बाजागाजासहित उत्तम साइतमा गुरुङले स्टोरको उद्घाटन गरेका थिए । बिहान उद्घाटनसँगै आज बिहान ९ बजेपछि उपभोक्ताका लागि स्टोर खुला गरिनेछ । भाटभटेनीले आफ्नो २६औँ स्टोर बिर्तामोडमा सञ्चालनमा ल्याएको हो । पूर्वकै प्रमुख व्यापारिक सहर बिर्तामोडको भगवानचोकमा स्टोर सञ्चालनमा आएको हो ।

बिर्तामोडमा रहेको स्टोर करिब २ लाख ५० हजार स्क्वायर फुट सपिङ स्पेससहित १५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । २ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको झापाको पहिलो हो ।
स्वदेशी तथा विदेशी ब्रान्डका उच्च गुणस्तरका सामानहरू पाइने सुपर स्टोरमा झापा जिल्लासहित आसपासका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सीमावर्ती सहरबाट समेत ग्राहकहरू किनमेलका लागि आउने विश्वास रहेको अध्यक्ष गुरुङको भनाइ छ ।

उपभोक्तालाई बजार मूल्यभन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले भाटभटेनी यस क्षेत्रका उपभोक्ताको सपिङका लागि पहिलो रोजाइ बन्ने क्षेत्रीय व्यवस्थापक विनोद भट्टराईले बताए ।

उद्घाटनका आवसरमा ग्राहकलाई इलेकट्रोनिक्स सामग्रीमा २० प्रतिशत र अन्य सामानको खरिदमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेकट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फुटवेर, फुडकोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबालिकाका लागि किड्सजोन तथा स्केट पार्क लगायतका सुविधाहरू रहेको भाटभटेनीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले शीर्षस्थानमा रहेको अमेरिकाविरुद्ध शानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई…

लुलु हाइपरमार्केटले आफ्नो बहुप्रतिक्षित मौसमी प्रमोशन, Mango Mania 2026, अल-राई शाखामा आधिकारिक रूपमा सुरु गरेको छ, जसले कुवेतभरिका खरिदकर्ताहरूलाई संसारकै…

तितोपाटी- केन्द्रीय चलचित्र जाँच समितिको अङ्ग्रेजी नाम परिवर्तन भएको छ । यसअघि अंग्रेजीमा ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ लेखिँदै आएकोमा…

प्रतिकृयाहरू
...