Friday 11th September 2026

इजरायलमा सर्वोच्च अदालतको अधिकार कटाैतीसम्बन्धी विधेयक पारित


इजरायली संसदले सर्वोच्च अदालतको अधिकार कटाैतीसम्बन्धी विधेयक पारित गरेको छ । व्यापक विरोध प्रदर्शनकाबीच इजरायलमा न्याय व्यवस्थामा सुधारसम्बन्धी विधेयक त्यहाँको संसदले पारित गरेको हो । संसद्मा मतदान हुन अघि देशभर यस विधेयकको विरोधमा ठुला प्रदर्शनहरू भएका थिए । विपक्षी दलले मतदान वहिस्कार गरेपछि सरकारले उक्त विधेयक पारित गरेको हो ।

सोमबार मतदानअघि विधेयकमाथि सहमति बनाउन गरिएको वार्ता विफल भएको थियो । नयाँ कानुनमा सर्वोच्च अदालतबाट सरकारका ‘न्यायसङ्गत नभएका’ फैसलाहरू उल्टाउने शक्ति फिर्ता लिइएको छ । नयाँ कानुनको मद्दतले न्याय व्यवस्थामा यस्ता कयौँ परिवर्तनहरू गरिएका छन् ।

यस परिवर्तनको विरोधमा इजरायलमा इतिहासकै सबैभन्दा जोडदार विरोध प्रदर्शनहरू भएका थिए । जेरुसेलममा संसद् भवनबाहिर विरोध प्रदर्शन गरिरहेकाहरूलाई नियन्त्रण गर्नका लागि प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो ।

विपक्षीहरूले यो विधेयकले इजरायलको लोकतन्त्र नै खतरामा पर्ने चेतावनी दिएका छन् । यता सरकारले भने यस विधेयकले शक्तिको असन्तुलन हट्ने दाबी गरेको छ । अदालतले राजनीतिक निर्णयहरूमा अनावश्यक हस्तक्षेप बढाइरहेको सरकारको जिकिर छ ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...