Wednesday 21st January 2026

प्रिन्स मोहमद स्टेडियममा जारी खेलमा नेपालले दोस्रो गोल


एएफसी यू–१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा आयोजक जोर्डनविरुद्ध नेपालले पहिलो हाफ नसकिँदै दोस्रो गोल गरेको छ । प्रिन्स मोहमद स्टेडियममा जारी खेलमा नेपालले दोस्रो गोल ३२ औँ मिनेटमा गर्‍यो । नेपालका लागि दोस्रो गोल ९ नम्बर जर्सीकी खेलाडीले गरेकी हुन् ।

नेपालले १३ औँ मिनेटमा सुरुआती अग्रता लिएको थियो । नेपालका लागि पहिलो गोल १० नम्बर जर्सीकी खेलाडीले गरिन् । उनले १७ नम्बर जर्सीकी खेलाडीको पासमा गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएकी थिइन् । नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले फिलिपिन्सविरुद्ध १–० को हार बेहोरेको छ ।

छनोटको दोस्रो चरणमा स्थान बनाउन नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । जोर्डन नेपाललाई हराउँदै प्रतियोगितामा विजयी सुरुवात गर्ने सोचमा छ । नेपाल, जोर्डन र फिलिपिन्स समूह ‘एच’ मा रहेका छन् । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउनेछ । पहिलो चरणको छनोटमा सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहको विजेता दोस्रो चरणमा पुग्नेछ । जहाँ ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ । दुवै समूहका शीर्ष दुई टोलीले अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यू–१७ महिला एसियन कप खेल्नेछन् ।आयोजक इन्डोनेसियासँगै २०१९ को विजेता जापान, उपविजेता उत्तर कोरिया र तेस्रो भएको चीनले भने सिधै एसियन कपमा स्थान बनाइसकेका छन् ।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...