Wednesday 29th July 2026

युएईको मंगल मिसनबाट प्राप्त भयो चन्द्रमाको तस्बिर


मंगल ग्रहको वरिपरि संयुक्त अरब इमिरेट्स (युएई) को एक अन्तरिक्ष यानले रातो ग्रहको सानो चन्द्रमाको सबैभन्दा स्पष्ट फोटोहरू पठाएको छ।

युएईको अमल (अरबीक नाम अमल को मतलब हो आशा अर्थात होप) अन्तरिक्ष यानले गत महिना डेमोसको १०० किलोमिटर भित्र उडेको थियो र क्लोज-अप शटहरू सोमबार जारी गरिएको थियो। यो लगभग आधा शताब्दीमा डेमोसको सबैभन्दा नजिकको अन्तरिक्ष यान थियो।

मंगल ग्रहको अर्को चन्द्रमा, फोबोस, लगभग दोब्बर आकारको छ र यसले मंगल ग्रहको धेरै नजिक परिक्रमा गर्छ । यो नै सौर्य मण्डलका कुनै पनि ग्रहहरुका चन्द्रमा मध्ये धेरै नजिकबाट परिक्रमा गर्ने चन्द्रमा हो । मंगल ग्रहबाट यसको दुरी जम्मा ६००० किलोमिटर मात्र छ ।

मंगलको अलिक ठुलो आकारको अर्को चन्द्रमा डिमोसको दुरी भने २३००० किलोमिटर पर छ । त्यो अन्तरिक्षयानको कक्षाको भित्री भागको नजिक छ, “जसले नै डेमोसलाई यस्तो आकर्षक बनाएको छ,” मिसनका प्रमुख वैज्ञानिक हेसा अल-माट्रोशीले भने।

युएई मिसनले डिमोसको तस्विर पठाईसके पछि त्यसले फोबस तर्फ अघि बढने छ । युएईको मिसन जुलाई १९, २०२० मा छाडिएको थियो ।

युएई स्पेस एजेन्सीका अल-माट्रोशी र अन्य वैज्ञानिकहरूले भनेका छन् कि प्राप्त नयाँ तस्विरबाट यो निश्चित भएको छ की यो कुनै छुद्र ग्रह होईन । बरु यी चन्द्रमाहरुको उत्पति मंगल ग्रहको उत्पती भए देखि नै अस्तित्वमा रहेका छन ।

स्रोत: एपी


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...