Wednesday 7th October 2026

तनहुँमा प्रतिद्धण्दीले गणना नसकिदै हार स्वीकार गरे


उपनिर्वाचनको मतगणना भईरहेका निर्वाचन क्षेत्र मध्ये तनहुँको मत परिणाम नसकिदै त्यहाँका नेपाली कांग्रेसका उमेद्धार गोविन्द भट्टराईले हार स्वीकार गरेका छन । आफूले पर्याप्त मेहनत गर्न नसकेको मात्रै भनेन आफू अव्वल उमेद्धार नभएको स्वीकारे । उनी रास्वपाका निकटतम प्रतिद्धण्दी हुन । रास्वपा का उमेद्धार स्वर्णिम वाग्ले भन्दा उनी अहिले १० हजार भन्दा धेरै मतले पछि छन । उक्त क्षेत्र राष्ट्रपति रामचन्द्र पौडेल ले छाडेको क्षेत्र हो भने चितवनको गढ समेत मानिदै आएको क्षेत्र पनि हो ।

चितवन २ मा भने प्रारम्भिक मतगणना कै चरणमा गणना चलिरहेको छ । जित्नका लागि ५० हजार माथि मत आउनु पर्ने स्थिती रहेका ले अहिले कसैले हार स्वीकार गरेर अभिव्याक्ति दिने बेला भैनसके पनि रास्वपाका उमेद्धार तथा सो पार्टीका सभापति रवि लामिछाने को जित पक्का जस्तै छ । अहिले सम्म ईच्छामनकामना गाउँ पालिका को सकिएर भरतपुर नगरपालिका को एउटा वडा मात्र सकिएको छ । तथापी त्यहाँ एमाले र कांग्रेसका दुई उमेद्धारले प्राप्त गरेको मत जोडदा पनि रवि लामिछाने नै अगाडी छन । अर्थात उनले ६ हजार माथि मत पाई रहदा एमाले र कांग्रेसले लगभग उस्तै करिब ३ हजारको हाराहारीमा मत ल्याएका छन । रास्वपाका नेताहरुको पूर्व आकलन अनुसार मत आउने हो भने चितवनमा प्रतिस्पर्दी सवै उमेद्धारका मत भन्दा धेरै रास्वपाका सभापतीको आउनेछ ।

बारामा भने रास्वपा धेरै पछि छ । मतान्तर यहि रुपमा अघि बढ्ने हो भने खरेल चौथो मात्र हुनेछन । अहिले त्यहाँ जसपा का अध्यक्ष उपेन्द्र यादव जनमत का उमेद्धार भन्दा करिब ६ सयको मतान्तरमा अघि छन । मधेस मा परिर्वतन भन्दा पनि जातिय उमेद्धारप्रतिको धेरै रुझान देखिएको छ । खरेलको ठाउँमा त्यहिको अनुहारको रास्वपाको उमेद्धार हुन पर्ने थियो भन्ने रास्वपाका नेताहरुको बुझाई बाहिर आउन थालेको छ ।


सम्बन्धित शीर्षकहरु

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

प्रतिकृयाहरू
...