Friday 2nd January 2026

चितवन र तनहुँ मा रास्वपाले दोव्वर मतले जित्ने प्रारम्भिक अनुमान


हिजो भएको तिन उपनिर्वाचन क्षेत्र मध्ये तनहुँको मा मतगणना भईरहेको छ । जहाँ रास्वपा ले लिड गर्दैछ । । निर्वाचनमा अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । तनहुँमा शंका गरे जस्तो धाधलीको समाचार आएनन र बारामा भने धेरै धाधली भएको र कतिपय ठाउँमा बुथ कब्जा भएको जनमत पार्टीका अध्यक्ष सिके राउत को आरोप छ ।

अलिअली कतैकतै गडबडी भएका घट्नालाई छाडेर हेर्ने हो भने चुनाव अघि आशंका गरे जस्तो केही भएन । अन्य उमेद्धारहरु निर्वाध रुपमा मतदान केन्द्रहरु मा घुमफिर गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्धार रबि लामेछाने लाई त्यो छुट भएन । उनीमाथि चितवन को एक मतदान केन्द्रमा पस्न नपाउदै आक्रमण भयो र उनी त्यहाँबाट फर्केर घर गए । उल्टो स्वतन्त्र पार्टी लाई नै माफी माग्न लगाईयो र त्यसलाई त्यो पार्टीले स्वीकार गरिदियो । जिम्मेवार बनेर मतदाताको मताधिकारका निम्ति अन्याय सहेर त्यसपार्टीले सदासयता देखायो । त्यसलाई पार्टीले आफ्नो जित ठानेर प्रचार गरे । तैपनि अनेक बहानामा चितवनमा मतगणना गर्न नदिने अन्तिम कोशिषमा अन्य दलहरु हल्ला गरिरहेका छन ।

हिजो भएको उपनिर्वाचनको मतगणना तनहुँको निर्वाचन क्षेत्रमा भईरहेको छ । पछिल्लो मतगणना अनुसार रास्वपाका उमेद्धारले १० हजार कटाउदा बाकी सवै उमेद्धारको मत भन्दा २ हजार ले उनी अगाडी छन । यहि रप्तारमा जाने हो भने स्वर्णिम वाग्ले ले ऐतिहासिक जित हासिल गर्ने पक्का छ । चितवन २ मा भने मध्यान्ह बाट गन्ति गर्न शुरु गरिने समाचार आएको छ । बाराको भने अझै अणिनित छ ।

गत मंशिरको तुलनामा कम मत खसेको विषयलाई लिएर मिडियाहरुले र केही विश्लेषकहरुले जनतामा खासै उत्साह नआएको प्रचार गरे तर त्यो सर्वधा तथ्यमा आधारित थिएन । बरु निर्वाचनको उत्साहलाई नै निरुत्साहित पार्ने अभिव्याक्ति थिए । हरेक महिना युवाहरु ६० हजारको संख्यामा विदेशी रहेको तथ्यांक लाई हेर्ने हो भने देशभर बाट ५ लाख मतदाता ले मुलुक छाडिसकेका छन । यस हिसाबले हेर्दा चितवन, बारा र तनहुँ को एक निर्वाचन क्षेत्रमा विदेशीनेको संख्या कम्तिमा ५ हजार पर्न जान्छ । यसर्थ निर्वाचनमा मतदाता प्राविधिक रुपमा घटेको जस्तो देखिए पनि नेपालमा जो छन ती उल्लेख्या संख्यामा कोही पनि घरमा बसेर निर्वाचन बहिस्कार गरेका छैनन ।

संभवत आज मध्यरातबाट मतगणना शुरु हुनेछ । र भोली विहान संम्ममा प्रारम्भिक नतिजा बाहिर आउन थाल्ने छ । निर्वाचनका मुखमा गरिएका कतिपयका स्वतन्त्र विश्लेषणहरु अनुसार नै चितवन र तनहुँु मा रास्वपा विजय हुने संभावना प्रवल देखिन्छ भने बारामा यसै भन्न सकिने अवस्था छैन । कसको कति मतको अन्तर ले जित हुन्छ भन्ने कोणबाट हेर्न हो भने चितवनमा रवि लामिछानेको मतान्तर दुई गुणा धेरैले हुने आम धारणा देखिन्छ । तनहुँमा पनि आकलन त्यस्तै छ ।


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...