Wednesday 7th October 2026

रसुवामा माओवादी र एकीकृत समाजवादी नेता कार्यकर्ता प्राय सबै एमालेमा प्रवेश


९ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं पूर्व सांसद प्रेम तामाङ नेकपा एमालेमा समाहित भएका छन । शनिबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा एमाले मुख्यालय ललितपुरको च्यासलमा भएको एक विशेष कार्यक्रममा एमाले प्रवेश गरे ।

नेपाली कांग्रेस प्रवेश गर्न कांग्रेस सभापतिसहित शीर्ष सात नेतालाई रसुवा बोलाएर अन्तिम समयमा भागेका लामा शनिबार भने एमाले प्रवेशका लागि आफैँ एमाले मुख्यालय पुगेका थिए । उनी कांग्रेस बन्नुअघि जनता समाजवादी पार्टी त्यसअघि नयाँ शक्ति र त्यसभन्दा पनि अघि नेकपा माओवादी केन्द्रमा रहेका थिए ।

रसुवामा माओवादी र एकीकृत समाजवादी नेता कार्यकर्ता प्राय सबै एमालेमा प्रवेश गरेका छन । प्रेम अहिले एमाले प्रवेश गरेको भए पनि चुनावसम्म एमालेमै टिक्छन कि टिक्दैनन भन्नेमा एमालेकै नेताहरूले शंका व्यक्त गरेका छन । यद्यपी उनलाई उधारो टिकटमा सहमति गरिएको पनि कतिपय नेताले बताएका छन ।


सम्बन्धित शीर्षकहरु

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

प्रतिकृयाहरू
...