Monday 22nd September 2025

विकाश विरोधी वडाध्यक्षको राजीनामा माग


स्थानीय तहको विकास निर्माणमा मेयर र वडा अध्यक्ष विच अवरोधको सामना वेलावेलामा हुने गर्दछ । यस्तैमा धरान उपमहानगरपालिकाका मेयर हर्क राईले धरानको विकासमा वडाध्यक्षहरू बाधक भएको बताएका छन ।

स्थानीय तहको वैठक,छलफलमा सहभागी नभई अन्यत्र घुमफिर गर्ने प्रवृत्ति वढेको वेलामा मेयर राईले भने बैठकमा सहभागी नहुने वडाध्यक्षहरूलाई राजीनामा दिनु पर्ने जिकिर गरे । सामाजिक सञ्जालमा उनले धराने जनतालाई आव्हान गर्दै आफ्नो वडाध्यक्ष फेर्न का लागि दवाव दिन अनुरोध गरेका छन ।

मेयर हर्कले सामाजिक सञ्जालमा लेखेका छन् -“धराने जनता हो, तपाइँहरुको बिकास रोकिने भयो ! अब बैठक नआउने वडाध्यक्षहरू सबैलाई राजीनामा दिन लगाउनु ! म प्रक्रिया मिलाउन सघाउँछु ! अनि उप निर्वाचन गरेर रिक्त वडाध्यक्षहरूको पद पूर्ति गराएर धरानलाई अघि बढाउनु पर्छ”

विश्वका लागि एक उदाहरणीय काम गर्दै आएका मेयर साँम्पांग लाई असफल पार्ने धरानका वडाध्यक्षहरु विकाश विरोधी हुन भनेर भन्न केही असहज छैन । धराने जनताले त्यस्ता वडाध्यक्षलाई तुरुन्त राजीनामा गर्न बाध्य पार्ने र तीनका ठाउँमा अन्य कोही स्वतन्त्र उमेद्धार जिताएर मेयर लाई काम गर्ने बातावरण सुजना गर्नु पर्ने देखिन्छ । करोडौ रकम दान लिएर र श्रम दान जुटाएर काम गर्ने मेयर का विरुद्ध लाग्दा धरानको विकाश पछि पर्ने भन्दै स्थानियहरु वडाध्यक्ष विरुद्ध सडक मा ओर्लने तयारीमा रहेको समाचार समेत आउन थालेको छ ।


सम्बन्धित शीर्षकहरु

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

सरकारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्कीलाइ नियुक्त गरेको छ । विभागको मुख्य अनुसन्धान निर्देशक हुतराज थापा ३…

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाइ पदबाट हटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाइ मनोज सिलवाललाई…

प्रतिकृयाहरू
...