Monday 18th May 2026

अमेरिकामा एक १४ वर्षे किशोर गभर्नर पदको लागि उम्मेदवार


तितोपाटी – अमेरिकामा भने १४ वर्षका किशोर गर्भनर बन्ने सम्भावना अत्यधिक छ । ईथन सोनबोर्न अमेरिकाको वरमन्ट राज्यको गभर्नर बन्ने दौडमा छन् ।

नोभेम्बर र डिसेम्बरमा गभर्नर पदको चुनावका लागि उनी उम्मेरद्वार बनेका छन् । वरमन्टमा चार वर्ष बसेका जुनसुकै उमेरका व्यक्तिले गभर्नर पदका लागि आफ्नो उम्मेद्वारी दिनसक्ने कानूनको फाइदा ईथनले उठाएपछि उनले उम्मेद्वारी दिन पाएका हुन् । ईथन डेमोक्रेटिक पार्टीका हुन् जो अहिले भरमन्टमा निकै लोकप्रिय छन् ।

भरमन्टबाहेक म्याशाच्युशेट्स र कन्सास यस्ता दुई राज्य हुन् जहाँ गभर्नर पदका लागि उमेरको कुनै सिमा निर्धारण गरिएको छैन । त्यसकारण कन्सासमा पनि थुप्रै युवाले गभर्नर पदका लागि आफ्नो उम्मेद्वारी दिएका छन् । यद्यपी, उमेरको हिसाबले इथन सबैभन्दा कान्छा हुन् ।

उनको भाषणमा थुप्रै मानिसहरु सहभागी हुन्छन् । ईथनका अनुसार उनीसँग राज्यको स्वास्थ्य संस्थामा सुधार, आर्थिक र शिक्षाको विकासका लागि थुप्रै योजना छन् ।

उनका एक प्रतिद्वन्द्वी क्रिस्टिन हेलक्विस्ट तेस्रोलिङ्गी हुन् । उनीबाहेक पर्यावरणविद् एथलर र डान्स फेस्टिबलकी कार्यकारी निर्देशक ब्रेन्डा सिगेल पनि उनका प्रतिद्वन्दी हुन् ।

भरमन्टका सबैभन्दा कम उमेरका गर्भनर एफ रे केजर हुन् । सन् १९६१ मा जब उनी गर्भनर बनेका थिए तब उनको उमेर ३२ वर्ष थियो ।

ईथन सोनबर्न पाँच वर्ष हुँदा आफ्नो एक किताबमा अमेरिकाका पूर्व राष्ट्रपति जोन एफ केनेडीको तस्बिर देखेपछि राजनीतिमा आउने प्रेरणा पाएको बताउँछन् । उनी ठूलो भएर अमेरिकाको राष्ट्रपति समेत बन्न चाहेको बताए ।


सम्बन्धित शीर्षकहरु

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

ताईवान ले आफूलाई स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक शासन प्रणाली भएको राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ। ताइवानको आफ्नै संविधान, सेना,…

संखुवासभा/ किमाथांका पूर्वी नेपालको किमाथांका क्षेत्रमा पर्ने अत्यन्त दुर्गम हिमाली बस्ती हो, जहाँ अहिले सडक सञ्जाल पुगेपछि स्थानीयमा नयाँ आशा…

प्रतिकृयाहरू
...