Friday 24th July 2026

कमल,मेलिना,र कविताको प्रस्तुतीको लागी अब मात्र ३ दिन बाकी


तितोपाटी- कुवेतको इण्डियन सेण्ट्रल स्कुल जिलिबमा नेपाली सांगितिक जगतका चर्चित गायककमल खत्री, गायिकामेलिना मैनाली, डान्सरकविता नेपालीले आफ्नो बेजोड़ प्रस्तुती दिने भएका छन्

निरेम प्रोडक्सनको सातौ वार्षिक उत्सवको अवसर पारेर निरेम सांगितिक उत्सवको आयोजना गरेको उक्त सांगितिक कार्यक्रममा राष्ट्रीय तथा स्थानीय कलाकारले आगामी १० फेब्रवरीमा आफ्नो प्रस्तुती दिने बताउदै कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष राज मल्लले जानकारी गराएकाछन।

उक्त कार्यक्रमको लागी चिट्ठी पत्र निमन्त्रणा, कार्ड विभिन्न संघ संस्था व्यक्ति विशेषलाई वितरण गरीसकेको मल्लले जनाए।

सुमधुर स्वरका धनि,गायक, गायिका चर्चित डान्सर, द्वारा भरपुर मनोरन्जन दिने भएकोले सम्पूर्ण संगीत प्रेमी कुवेतबासी नेपाली दिदिबहिनी तथा दाजुभाईहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी आग्रह गरेका छन्।

कार्यक्रम हुने स्थान

मिति : २०२३ फेब्रवरी १०शुक्रबार
समय : दिउसो बजे देखी
स्थान : इन्डियन सेन्ट्रल स्कुल जिलिब


सम्बन्धित शीर्षकहरु

कुवेतको सार्वजनिक जनशक्ति प्राधिकरण (PAM) ले कुवेतको श्रम कानुनअनुसार रोजगार सम्झौता (Employment Contract) समाप्त हुने कानुनी अवस्थाबारे जानकारी दिएको छ।…

युरोपमा बढ्दो सुरक्षा चुनौतीका बीच जर्मनीले आफ्नो हवाई प्रतिरक्षा क्षमतालाई अभूतपूर्व रूपमा सुदृढ बनाउने निर्णय गरेको छ। त्यसका लागि उसले…

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

प्रतिकृयाहरू
...