Sunday 21st December 2025

कुवेतमा अब समयमै तलब नदिए निजी कम्पनी बन्द हुने


तितोपाटी- कुवेतस्थित जनशक्ति सार्वजनिक प्राधिकरणले कुवेतमा संचालित निजी कम्पनीले आफ्ना कर्मचारीहरुको तलब समयमा नदिए कम्पनी संचालनको लागी सरकारद्वारा प्राप्त प्रमाणपत्र स्वत: रद्दहुने बताएको छ।

निजी क्षेत्रका कम्पनीलाई निर्धारित समयमै आफ्नो श्रमिकको तलब समयमै  भुक्तानी गर्न अनुरोधगरेको छ।

कुनै पनी निजी कम्पनीमा कार्यरत कामदारहरुको कुवेत सरकारद्वारा तोकिएको मिति भन्दा सातौं दिनअघि तलब बैंकमा जम्मा गर्नुपर्ने छ।

एक विज्ञप्तिमा, मन्त्रालयले सबै निजी कम्पनीहरूलाई, समयमै ज्याला भुक्तानी गर्न आग्रह गरेको छ।

कम्पनी सक्रिय हुनु श्रम बजारलाई नियन्त्रण गर्नको लागि कानून (जनशक्ति सार्वजनिक प्राधिकरण)का अनुसार नियम बमोजिम भएको मानव अधिकारसँग सम्बन्धित रहेकोले उक्त निर्णय गरिएको हो।

यो नियम संगै कुवेत निकायको मापदण्ड अनुरूप कामदारको हक अधिकार उल्लङ्घन गर्ने कम्पनीमा सुधार आउने

दैनिक अलकाबासले जनशक्ति सार्वजनिक प्राधिकरणलाई उद्धृत गर्दै बताएको छ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...